यमनमा सरकार र हुथी विद्रोहीबीच दोस्रो चरणको वार्ता सुरु | Khabarhub Khabarhub

यमनमा सरकार र हुथी विद्रोहीबीच दोस्रो चरणको वार्ता सुरु


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यमनको सरकार र हुथी विद्रोहीका बीचमा दोस्रो चरणको वार्ता सुरु भएको छ ।   यमनको ताइज भन्ने स्थानमा यी दुई पक्ष वार्ताका लागि बसेका बताइएको छ ।

यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्बर्गको विशेष उपस्थितिमा सो वार्ता हुन लागेको बताइएको छ ।

त्यहाँको सरकार र हुथीहरुले पहिलो चरणमा गरेको वार्तामा केही प्रगति भएको बताइएको थियो । त्यसको केही समयपछि दोस्रो चरणको वार्ता हुन लागेको हो ।

यमनमा हुथी विद्रोहीहरुले वर्षौँदेखि हिंसा जारी राखेका छन् । जसका कारण हजारौँ नागरिकको ज्यान गएको छ ।

त्यहाँकोे विद्रोहको राजनीतिक समाधान निकाल्नुपर्नेमा संयुक्त राष्टसंघले जोड दिँदै आएको छ ।

वार्ताका विषयमा संयुक्त राष्टसंघ, यमनी सरकार तथा हुथी विद्रोहीहरुका तर्फबाट पनि कुनै वार्ताका विषयमा कुनै प्रतिक्रिया आएको छैन ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  २ : २५ बजे

कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु

चन्द्रौटा– कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु

कांग्रेसको संसदीय दलको बैठक सोमबार बस्दै

काठमाडौं– नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार

बर्बरिकले फुकाएको त्यो महाभारतको गाँठो

कुनै विषयलाई लिएर कसैसँग झगडा भयो भने महाभारत नै भयो

चिरायु नेशनल हस्पिटलको सेवामा प्रभु बैंकका ग्राहकले विशेष छुट

काठमाडौं– प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीलाई बसुन्धरा स्थित चिरायु नेशनल

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र वसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ