धकेलेर लडाउँदा गम्भीर घाइते भएका वृद्धको मृत्यु « Khabarhub

धकेलेर लडाउँदा गम्भीर घाइते भएका वृद्धको मृत्यु


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– धकेलेर लडाउँदा गम्भीर घाइते भएका वृद्धको मृत्यु भएपछि खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्ताम्छाका २९ वर्षीय मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । आपसी विवादका क्रममा धकेलेर लडाउँदा गम्भीर घाइते भएका सोही ठाउँका ६९ वर्षीय हरिप्रसाद राईको मृत्यु भएपछि मनकुमारलाई प्रहरीले पक्राउ गरेको हो । 

धकेलिएर लडेपछि गम्भीर घाइते भएका वृद्धको न्युरो अस्पताल काठमाडौँमा उपचारका क्रममा आइतबार राती मृत्यु भएको हो । अभियुक्तले १९ जेठको राति आपसी विवादमा धकेलेर लडाउँदा हरिप्रसाद गम्भीर घाइते भएका थिए ।  घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  २ : ४८ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु