मर्स्याङदीका १३ सय घरमा खानेपानीका धारा जडान | Khabarhub Khabarhub

मर्स्याङदीका १३ सय घरमा खानेपानीका धारा जडान


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– मर्स्याङ्दी गाउँपालिकाले पाँच वर्षको अवधिमा एक हजार तीन सय ६ घरधुरीमा खानेपानीको सुविधा पुगेको जनाएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ सालदेखि हालसम्म ३४ वटा योजना निर्माण गरी सो घरधुरीलाई खानेपानीको व्यवस्था गरेको हो ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले खानेपानीको सुविधा नपुगेको र खानेपानीका लागि समस्या भएका ठाउँमा खानेपानीको योजना निर्माण गरिएको बताए । सबैभन्दा धेरै वडा १ र ६ मा ६/६ वटा योजना सञ्चालन भएको छ । वडा १ मा ६ वटा योजनाबाट ९७ घर लाभान्वित भएका छन् । वडा ६ मा ६ योजनाबाट एक सय १८ घर लाभान्वित भएको गाउँपालिका कार्यालयले जनाएको छ ।  यस्तै, वडा २ मा ४ वटा योजनाबाट एक सय ७० घर लाभान्वित भएका छन् । वडा ३ मा तीन योजनाबाट एक सय ७३ घर लाभान्वित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए । 

उनका अनुसार वडा ४ मा चार योजनाबाट ९९ घर लाभान्वित भएका छन् । वडा ५ मा तीन योजनाबाट ६० घर, वडा ७ मा दुई योजनाबाट एक सय २५ घर, वडा ८ मा दुई योजनाबाट ५५ घर लाभान्वित भएका छन् । यसैबीच, वडा ९ मा चार योजना सञ्चालन भएको थियो । उक्त योजनाबाट चार सय नौ घरधुरीले खानेपानी सुविधा पाएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  २ : ५१ बजे

विपन्नलाई निःशुल्क दाँतको ‘इम्प्लान्ट’

चितवन–  यहाँको डा अजय एण्ड डा सरु फाउन्डेसन र बायोहोराइजनको सहयोगमा

प्रि-ओपन सेसन अपडेड : नेप्से झिनो अंकले बढ्यो

काठमाडौं– आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४८ अंकले

शिव श्री हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने 

काठमाडौं– शिव श्री हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको

सुनको मूल्य तोलामै ७०० रुपैयाँले घट्यो, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न

छ्याङ्दी हाइड्रोपावरको शेयर लिलामीमा प्रतिकित्ता २६६ रुपैयाँले बिक्री

काठमाडौं– छ्याङ्दी हाइड्रोपावर लिमिटेडको बिक्री नभएको हकप्रद शेयर लिलामी प्रक्रियाबाट