विश्वभर मङ्कीपक्सका संक्रमितको संख्या ह्वात्तै बढ्यो « Khabarhub

विश्वभर मङ्कीपक्सका संक्रमितको संख्या ह्वात्तै बढ्यो


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर मङ्कीपक्स भाइरसबाट संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । प्राय मङ्कीपक्स नपाइने देशहरुमो ७८० जनामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।

यो कूल संख्या एक साता अघिको तुलनामा तीन गुणा बढी हो । बीबीसीले जनाएअनुसार एक साताअघि यो संख्या २ सय ५७ रहेको थियो ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले यसको जोखिमको स्तर ‘मध्यम’ रहेको जनाएको छ । मङ्कीपक्स प्रायः मध्य एवम् पश्चिम अफ्रिकामा पाइन्छ । यद्यपि पछिल्लो समय यो भाइरस उत्तर अमेरिका र युरोपमा देखा परेको जनाइएको छ ।

यसबाहेक मोरक्को, अर्जेन्टिना, मोरक्को, मेक्सिको र संयुक्त अरब इमिरेट्सजस्ता मुलुकमा पनि यसका संक्रमित फेला परेका छन् ।

बीबीसीका अनुसार बेलायतमा सबैभन्दा धेरै २०७ जनामा यो भाइरस पाइएको छ । यस्तै, स्पेनमा १५६ र पोर्चुगलमा १३८ जना मङ्कीपक्सका संक्रमित फेला परेका छन् ।

‘अरू देशहरूले पनि संक्रमित फेला पार्न सक्ने र भाइरस थप फैलन सक्ने सम्भावना उच्च देखिएको छ’ डब्लुएचओलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यद्यपि पछिल्लो प्रकोपबाट कसैको मृत्यु भएको पुष्टि नभइसकेको जनाइएको छ । डब्लुएचओका अनुसार अहिलेसम्म पुष्टि भएका संक्रमितमध्ये अधिकांश समलिङ्गी यौन सम्बन्ध राख्ने पुरुषहरू छन् ।

मङ्कीपक्स संक्रमण यौनसम्पर्कका कारण सर्छ भन्ने पुष्टि भइसकेको छैन । यद्यपि बेलायती रोग नियन्त्रण एवम् रोकथाम निकाय युकेएचएसले भने संक्रमितहरुलाई यौन सम्पर्क नराख्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ३ : २० बजे

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र