'नेपालीपन बोकेको फिल्म बनाउँछौँ ' | Khabarhub Khabarhub

‘नेपालीपन बोकेको फिल्म बनाउँछौँ ‘


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता निखिल उप्रेती र रमेश उप्रेतीले एकै फिल्ममा सहकार्य गर्ने भएका छन् । पछिल्लो पटक  ‘मायाको जाल’ मा सँगै देखिएका यी दुई अभिनेताले फिल्ममा अभिनयसँगै निर्माण र निर्देशन समेत गर्ने भएका छन् । फिल्ममा लेखन र निर्देशन निखिलको रहने छ । फिल्ममा निखिल र रमेशले अभिनय गर्नेछन् । यद्यपि प्रोजेक्ट मेकिङ्गमा हतार नगरिने रमेशले बताए ।  

उनले फिल्मलाई बनाउन कुनै सम्झौता नगर्ने उल्लेख गर्दै नेपालीपन बोकेको फिल्म बनाउन तयारी गरिरहेको बताए । ‘फिल्म बनाउन हतार छैन ।  अहिले स्क्रिप्टको काम नै भइरहेको छ । हामीले स्तरीय फिल्म बनाउने सोच अनुसार काम गरिरहेका छौँ’ । अब दर्शक एडभान्स भइसकेका छन् । त्यसैले फिल्म हल्का रुपमा बनाउनु हुँदैन‘ रमेशले भने ।  उनले हतार मा फिल्म बनाएर दर्शकको समय  र पैसासँग खेलवाड गर्न नहुने समेत । 

उनले लेखनको काम सकाएर मात्र अन्य पक्षमा ध्यान दिने बताएका छन् । उनका अनुसार फिल्मको प्रि-प्रोडक्सनमा राम्रो समय लाग्ने छ ।  प्रोजेक्टलाई चाडवाड सकिएपछि फ्लोरमा लैजाने तयारीमा छन् । दशैँतिहार सकिए लगत्तै दशैँ पश्चात फिल्म फ्लोरमा जान सक्ने सम्भावना रहेता पनि हतार नगर्ने रमेशको भनाइ छ । ‘प्राविधिक कामहरू नसकिँदासम्म हतार गर्दैनौँ’ रमेशले भने । प्रि–प्रोडक्सन अन्तर्गत स्क्रिप्टसँगै कास्टिङ लगायतको काम समेत भइरहेको उनले बताए । रमेशले निर्माण तथा अभिनय गरेको पछिल्लो फिल्म ‘ऐश्वर्य’ ले राम्रो व्यापार गरेको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ३ : ०१ बजे

पाल्पामा आज सिन्दुर जात्रा

तानसे– नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा आज पाल्पामा ऐतिहासिक

विपन्नलाई निःशुल्क दाँतको ‘इम्प्लान्ट’

चितवन–  यहाँको डा अजय एण्ड डा सरु फाउन्डेसन र बायोहोराइजनको सहयोगमा

प्रि-ओपन सेसन अपडेड : नेप्से झिनो अंकले बढ्यो

काठमाडौं– आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४८ अंकले

शिव श्री हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने 

काठमाडौं– शिव श्री हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको

सुनको मूल्य तोलामै ७०० रुपैयाँले घट्यो, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न