उत्तर कोरियाललाई जवाफ- अमेरिका र दक्षिण कोरियाद्वारा ८ क्षेप्यास्त्र प्रहार « Khabarhub

उत्तर कोरियाललाई जवाफ- अमेरिका र दक्षिण कोरियाद्वारा ८ क्षेप्यास्त्र प्रहार


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको जवाफस्वरुप अमेरिका र दक्षिण कोरियाले पनि क्षेस्यास्त्र परीक्षण गरेका छन् । सोमबार अमेरिकी एवम् दक्षिण कोरियाली सेनाले ८ वटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बीबीसीले जनाएको छ ।

सोमबार सबेरै अमेरिका र दक्षिण कोरियाका सेनाले जमिनबाट जमिनमा मार हान्न सक्ने आर्मी ट्याक्टिकल मिसाइल सिस्टम्सको परीक्षण गरेको हो । परीक्षण गरिएका आठ क्षेप्यास्त्रमध्ये सातवटा दक्षिण कोरियाली तथा एक अमेरिकी रहेको बीबीसीले जनाएको छ ।

अमेरिका र दक्षिण कोरियाले नियमित रुपमा कोरियाली प्रायद्विपमा सैनिक अभ्यास गर्दै आएका छन् । यस्ता सैनिक अभ्यासप्रति उत्तर कोरियाले क्रुद्ध प्रतिक्रियाहरु जनाउने गरेको छ ।

यी दुई साझेदारले यसअघि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको बेला पनि जवाफस्वरुप क्षेप्यास्त्र प्रहार गरी सैनिक अभ्यास गरेका थिए ।

गत महिनामा सत्ता सम्हालेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले उत्तर कोरियाविरुद्ध अझ सशक्त हुने संकेत देखाइरहेका बेला पछिल्लो घटनाक्रम विकास भएको हो ।

उनले आफ्नो उत्तरी छिमेकीले सरकारले कुनै भड्काउने कार्य गरेको खण्डमा आफ्नो सरकारले जवाफ दिने चेतावनी दिएका छन् । ‘हाम्रा जनताको जीवन र सम्पत्तिको रक्षा गर्न कुनै कमी नराख्नेमा हामी विश्वस्त छौँ ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ४ : १६ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले