तत्काल मन्त्री परिवर्तन नगर्ने सत्ता गठबन्धनको निर्णय  « Khabarhub

तत्काल मन्त्री परिवर्तन नगर्ने सत्ता गठबन्धनको निर्णय 


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गरेका हुन् । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र (जसपा) अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । तत्काल मन्त्री परिवर्तन नगर्ने केही समयपछि गर्ने भन्ने कुरा भएको बैठकमा सहभागी कांग्रेस उपसभापति पूर्ण बहादुर खड्काले जानकारी दिए । 

अहिले संसदमा बजेटबारे मन्त्रालयगत छलफल हुने र त्यहाँ मन्त्रीहरूले जवाफ दिनुपर्ने भएकाले तत्काल मन्त्री नपर्ने सहमति भएको उनको भनाइ छ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो । सोही आधारमा आइतबार मन्त्रीहरूलाई फिर्ता बोलाउँदै नयाँ नाम सिफारिस गरेको थियो । 

प्रधानमन्त्रीले बजेटमाथि मन्त्रालयगत छलफल हुने बेला मन्त्री फेरबदल गर्न नसकिने बताएका थिए । सोही आधारमा गठबन्धनमा तत्काल मन्त्री नफेर्ने सहमति जुटेको हो । समाजवादीले नयाँ मन्त्रीको रुपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्रीमा बढुवा गरेर प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको थियो । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय गरेको थियो । 

पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य मन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । अब बजेट पारित नहुँदासम्मको लागि उनीहरूको पद जोगिने भएको छ । 

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ३ : ३६ बजे

समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका  समस्या

प्रदेश सरकारको गणितीय खेलमा राप्रपा सामेल हुँदैन : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा

लिङ्देन भन्छन् : धार्मिक सहिष्णुता बचाउन नेपाललाई संसारकै एक मात्र हिन्दु राष्ट्र बनाउनुपर्छ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंसिर २६, २७ र

तथ्याङ्क नियमावली संशोधन स्वीकृत, सूक्ष्म तथ्याङ्कको शुल्क घटाइयो

काठमाडौं– सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत  गरेको छ