कजाखस्तानका ७७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा - सर्वेक्षण | Khabarhub Khabarhub

कजाखस्तानका ७७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा – सर्वेक्षण


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मध्य एसियाली मुलुक कजाखस्तानका झण्डै ७७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा रहेको पाइएको छ ।

कजाखस्तानको एक समाचार संस्थाले सार्वजनिक गरेको विवरण अनुसार ७६ दशमलब ७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा देखिएका हुन् ।

त्यसैगरी अरु २३ दशमलब ३ प्रतिशत मतदाता भने संविधान संशोधनको विपक्षमा उभिएको पनि विवरणमा उल्लेख गरिएको छ ।

मतदानबाट फर्किएकालाई सोधेर तयार पारिएको प्रतिवेदनले ठूलो सङ्ख्याका मतदाता संशोधनको पक्षमा रहेको देखाएको हो ।

सर्वेक्षणमा देशभरीबाट तीन लाख ५० हजार मतदाता सहभागी भएर उत्तर दिएको सर्वेक्षकहरूले जानकारी दिएका छन् ।

संविधान संशोधन सम्बन्धी जनमतको अन्तिम र औपचारिक परिणाम भने सार्वजनिक हुन बाँकी नै रहेको छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ३ : ४१ बजे

राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्यो : प्रवक्ता सापकोटा

मलेखु– नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले देशको अस्तित्व

जनकपुरधाममा ‘युथ कार्निभल’ हुँदै

जनकपुरधाम– क्षमतावान युवाहरूलाई प्रोत्साहन गर्न जनकपुरधाममा ‘युथ कार्निभल’ हुन लागेको

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी सभापति

राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको तयारी

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आगामी जेठ १ गते

सुशासनका लागि ध्यानयोग पनि आवश्यक : परराष्ट्रमन्त्री

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न