इ-सेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने | Khabarhub Khabarhub

 इ-सेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको पहिलो र अग्रणी भुक्तानी सेवाप्रदायक इ-सेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफको प्रिमियम भुक्तानी गर्दा रु एक हजारसम्म क्यासब्याक पाइने भएको छ । इ-सेवामार्फत आफ्नो जीवन बीमाको  प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत क्यासब्याक पाइने भएको हो । यस्तो क्यासब्याक ४८ घण्टा भित्र पाइने छ । यस किसिमको क्यासब्याक बीमा शुल्क भुक्तानी गर्ने मिती बाट ७ दिनसम्म प्रिमियम भुक्तानी गर्दा पाइने जनाइएको छ । यसरी भुक्तानी गर्दा इ-सेवाले हाल इन्स्योरेन्सको शुल्क भुक्तानीमा सुरु गरेको लखपति योजनामा पनि सहभागी हुन सकिनेछ । यस योजनामा हरेक दिन एक जनाले एक हजार र बम्पर उपहारमा रु एक लाख रुपैयाँ जित्न सकिनेछ । साथै मेट लाइफका कुनै पनि शाखा कार्यालयका काउण्टरबाट इ-सेवा तथा फोनपे को क्यूआरमार्फत पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ । हाल इ-सेवाबाट सबै बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्न सकिन्छ ।

देशभर एक लाख ५० हजार  भन्दा बढि एजेन्ट (इ-सेवाजोन तथा पोइन्ट) रहेको इ-सेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इ सेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब ६५ लाख पुगिसकेको छ । इ सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिने छ । यस्तै १ सय ५३ वर्ष पुरानो अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाका रूपमा नेपालमा मेट लाइफले सन् २००१ देखि सेवा दिँदै आएको छ । विश्वका ४० देशमा अमेरिकन लाइफ इन्स्योरेन्स्का शाखा रहेका छन् । नेपाली बीमा बजारमा अग्रणी स्थानमा रहेको मेटलाइफले हरेक समय नयाँ र सर्वसाधारणका लागि उपयोगी जीवन बीमा योजना सञ्चालन गर्दै आएको छ । नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकलाई जीवन बीमा, दुर्घटना बीमा तथा स्वास्थ बीमा र सामूहिक बीमा जस्ता बीमा योजनाहरू उपलब्ध गराउँदै आएको छ । 


प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ४ : २८ बजे

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिने

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम