हाम्रो पात्रोबाट एक महिनामै १० करोड बढिको रेमिट्यान्स भित्रियो « Khabarhub

हाम्रो पात्रोबाट एक महिनामै १० करोड बढिको रेमिट्यान्स भित्रियो


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-

नेपालमा लोकप्रिय एप हाम्रो पात्रोबाट एक महिनामै १० करोड भन्दा बढिको रेमिट्यान्स नेपाल भित्रिएको छ।

एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले सात महिना अघि मात्रै यो सुविधा प्रयोगकर्तामाझ सुचारु गरेको थियो। हाम्रो पात्रोले ६ महिना अघि मात्रै १ करोड को रेमिट्यान्स भित्राएको थियो भने यो महिनामा दश करोडको रेमिट्यान्स भित्रिएको छ।

सो अवसरमा हाम्रो पात्रो इंक. का फाउन्डर सीईओ शंकर उप्रेतीले प्रयोगकर्तालाई धन्यवाद व्यक्त गरे । ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ,’ म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको विश्वासको लागि आभार व्यक्त गर्दछु। हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा सजिलै नेपालमा पैसा पठाउने सुविधा दिनु हो, उनले भने । त्यसै गरि ‘इन्स्ट्यांन्ट ट्रान्सफरू सुविधा चाडै आउने शंकर उप्रेतीले बताए। जस अन्तर्गत पैसा पठाएको केही समयमै नेपालको बैंक खाता अथवा मोबाइल एपमा पैसा डिपोजिट हुनेछ।

रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको छ। जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटक १००० डलरसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन सक्नेछन्।

हाम्रो पात्रो एपले नेपाली एपहरुमा नयाँ नयाँ रेकर्ड कायम गर्दै गएको छ। यस अघि १० लाख र ५० लाख हुँदै १ करोड डाउनलोड पुरा गर्नेमा हाम्रो पात्रो पहिलो नेपाली एप बनेको थियो। हालै, एपले दैनिक १७ लाख र मासिक १ करोड दश लाख सक्रिय प्रयोगकर्ता भएको कोसेढुङ्गा पार गरेको छ।

हाम्रो पात्रोले गत वर्ष नै प्ले स्टोरमा १ करोड डाउनलोड कोसेढुंगा पार गरेको थियो। पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो।

 

प्रयोगकर्ताले हाम्रोपात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ गएर हाम्रोपात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ । साथै यहाँ क्लिक गरेर वेबसाइटबाट समेत हाम्रोपात्रोको रेमिट सेवा प्रयोग गर्न सकिनेछ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ५ : ४७ बजे

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको

तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी (तस्बिरहरू)

काठमाडाैं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म