दीपकको फिल्म हेमराजले निर्देशन गर्ने  « Khabarhub

दीपकको फिल्म हेमराजले निर्देशन गर्ने 


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दीपकराज गिरी समुहले निर्माण गर्ने फिल्ममा निर्देशक हेमराज वि.सी तय भएका छन् । दीपकको समुहसँग हेमराज बीच लिखित सहमति भएको छ । ‘हाम्रो नेक्स्ट प्रोजेक्टलाई हेमराजले निरेशन गर्ने पक्का भएको छ । हामीले लिखित सम्झौता समेत गरिसकेका छौँ’ दीपकले भने । अहिले निर्माता एवं अभिनेता दीपकराज गिरी र निर्देशक बीसीले मिलेर पटकथा लेखिरहेका छन् । आगामी साता फिल्मको स्क्रिप्टलाई अन्तिम रूप दिने तयारी भइरहेको गिरीले बताए । ‘कथा हेमराजजीकै भएकाले हामीले लिएका हौँ । यस अगाडि पनि दीपेन्द्र लामाजीसँग यस्तै सहकार्य भएको हो’ उनले भने । 

उनी अहिले नै छक्का पञ्जाको चौथो सिरिज हेमराजले  निर्देशन गर्दैछन् भन्नु हतार हुने बताउँछन् । ‘हामीले आगामी प्रोजेक्टको लागि तय गरेका हौँ । छक्का पन्जानै गर्ने कि नयाँ नाममा तय हुन् बाँकी छ’ दीपकले भने । फिल्ममा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरेको अभिनय रहनेछ । 

सन् २०१३ मा ‘होस्टेल’ निर्देशनसँगै नेपाली फिल्ममा करिअर थालेका बीसीले सम्बोधन, गाजलु, द ब्रेकअप, ग्याङस्टर ब्लुज र घामडि शेरे निर्देशन गरेका छन् । यसअगाडि घामड शेरेमा दीपकले हेमराजसँग सहकार्य गर्न खोजेता पनि त्यो सम्भव थिएन । यो फिल्मलाई असार पहिलो सातादेखि छायांकन सुरु गर्ने तयारी छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ५ : ०६ बजे

गगन-शेरबहादुरबीचको दूरी घटाउन मध्यस्थता गर्न तयार छु : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापा र

निश्कल भन्छन् : हामी विभाजित होइन, एकीकृत कांग्रेस चाहन्छौँ

काठमाडौं–  नेपाली कांग्रेसका युवा नेता निश्कल राईले आफूहरूको चाहना विभाजित

रास्वपाको क्यान्डिडेट क्लबको घोषणा साँझ साढे ५ बजे 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको क्यान्डिडेट क्लब घोषणा ५ बजे हुने

चारवर्ष मलेसियमा काम गरेर फर्किएका मनबहादुरको फस्टाउँदो अकबरे खुर्सानी खेती  

वालिङ– मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती

धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु

काभ्रेपलाञ्चोक– आजदेखि धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु भएको छ ।