दीपकको फिल्म हेमराजले निर्देशन गर्ने  « Khabarhub

दीपकको फिल्म हेमराजले निर्देशन गर्ने 


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दीपकराज गिरी समुहले निर्माण गर्ने फिल्ममा निर्देशक हेमराज वि.सी तय भएका छन् । दीपकको समुहसँग हेमराज बीच लिखित सहमति भएको छ । ‘हाम्रो नेक्स्ट प्रोजेक्टलाई हेमराजले निरेशन गर्ने पक्का भएको छ । हामीले लिखित सम्झौता समेत गरिसकेका छौँ’ दीपकले भने । अहिले निर्माता एवं अभिनेता दीपकराज गिरी र निर्देशक बीसीले मिलेर पटकथा लेखिरहेका छन् । आगामी साता फिल्मको स्क्रिप्टलाई अन्तिम रूप दिने तयारी भइरहेको गिरीले बताए । ‘कथा हेमराजजीकै भएकाले हामीले लिएका हौँ । यस अगाडि पनि दीपेन्द्र लामाजीसँग यस्तै सहकार्य भएको हो’ उनले भने । 

उनी अहिले नै छक्का पञ्जाको चौथो सिरिज हेमराजले  निर्देशन गर्दैछन् भन्नु हतार हुने बताउँछन् । ‘हामीले आगामी प्रोजेक्टको लागि तय गरेका हौँ । छक्का पन्जानै गर्ने कि नयाँ नाममा तय हुन् बाँकी छ’ दीपकले भने । फिल्ममा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरेको अभिनय रहनेछ । 

सन् २०१३ मा ‘होस्टेल’ निर्देशनसँगै नेपाली फिल्ममा करिअर थालेका बीसीले सम्बोधन, गाजलु, द ब्रेकअप, ग्याङस्टर ब्लुज र घामडि शेरे निर्देशन गरेका छन् । यसअगाडि घामड शेरेमा दीपकले हेमराजसँग सहकार्य गर्न खोजेता पनि त्यो सम्भव थिएन । यो फिल्मलाई असार पहिलो सातादेखि छायांकन सुरु गर्ने तयारी छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ५ : ०६ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको