नेप्से परिसूचकमा १२.८९ अंकको गिरावट | Khabarhub Khabarhub

नेप्से परिसूचकमा १२.८९ अंकको गिरावट


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से परिसूचक यस साताको पहिलो कारोबार अर्थात् आज सोमबार पनि सोही लयमा रहेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.८९ अंकले ओरालो लागेर दुई हजार ६५.८२ अंकमा ओर्लिएको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१२ अंकले ओरालो लागेर ४००.३६ अंकमा ओर्लिएको छ । 

नेप्सेको ओरालो यात्रा जारी रहँदा कारोबार रकम समेत ओरालो लागेको छ । कूल २२८ कम्पनीको ४४ लाख नौ हजार ६९१ कित्ता शेयर रु एक अर्ब २७ करोड ३३ लाख ८५ हजार २७७ मूल्यमा खरिद बिक्री भए ।  नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने सात उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । बैंकिङ १९.०४, व्यापार ०.१२, होटल तथा पर्यटन १.२४, जलविद्युत् ४.९९, निर्जीवन बीमा ४९.५४, जीवन बीमा १९८.३२ र लगानी ०.२१ अङ्कले ओरालो लागेको छ । त्यस्तै, विकास बैंक ११.९३, वित्त ३.३, उत्पादन २१.०९, अन्य १.५९, लघुवित्त २२.६ र सामूहिक लगानी कोष ०.०४ अङ्कले उकालो लागेको छ ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ४१ अर्ब १४ करोड १३ लाख १७ हजार ६१९ बराबर पुगेको छ । कारोबारका आधारमा एसियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु आठ करोड २४ लाख ७७ हजार ३८७ बराबरको कारोबार भयो ।

त्यस्तै, एनआईसी एशिया बैंक रु ६ करोड ७६ लाख ९४ हजार ६४१, नेपाल लाइफ इन्स्युरेन्स  चार करोड ६१ लाख ९१ हजार ९११, अरुण भ्याली हाइड्रोपावर  तीन करोड ९० लाख २३ हजार १९० र हिमालयन डिस्टिलरी रु तीन करोड ७८ लाख ४७ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन् । 

नेप्सेका अनुसार उपकार लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । बलेफी हाइड्रोपावर ९.९६, नारायणी डेभलपमेन्ट बैंक ६.४७, मिथिला लघुवित्त ४.३७ र सिद्धार्थ  इक्विटी फन्डका लगानीकर्ताले ३.९० प्रतिशतले कमाए । त्यस्तै, हिमालयन बैंक ९.९९, माहुली लघुवित्त ७.६६, नेपाल लाइफ इन्स्योरेन्स ३.९२, मनकामना स्मार्ट लघुवित्त ३.९२ र गुराँस लघुवित्तका लगानीकर्ताले ३.८६ प्रतिशतले गुमाए ।

 

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ५ : १४ बजे

फिल्म ‘फर्की फर्की’विरुद्ध मुद्दा दायर, अनमोल पनि विपक्षी

काठमाडौं – प्रदर्शनमा आएको एक वर्ष नाघेपछि फिल्म ‘फर्की फर्की’विरुद्ध

७३ जिल्लामा फैलियो डेङ्गी, १४ सय बढि सङ्क्रमित 

काठमाडौं– मनसुन सुरु भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मंगलबारभित्र नआउने भयो कलहमा फसेको काठमाडौं महानगरको बजेट

त्रकाठमाडौं– देशकै ठूलो स्थानीय तह काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष

अध्यागमनमा मापदण्डअनुसार कर्मचारी खटाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल गर्नुपर्ने कामकारबाही

‘टोकियोका मतदाताबाट सत्तारुढ दल दण्डित’

टोकियो– जापानको राजधानी टोकियोमा मतदाताले जापानको सत्तारुढ दललाई नगर सभाको