युक्रेनमाथि रुसी आक्रमणको फाइदा उठाउँदै चीनले युरोपमा आल्मुनियमको निर्यात बढायो « Khabarhub

युक्रेनमाथि रुसी आक्रमणको फाइदा उठाउँदै चीनले युरोपमा आल्मुनियमको निर्यात बढायो


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमाथि रुसी आक्रमणको फाइदा उठाउँदै चीनले युरोपतर्फ आल्मुनियमको निर्यात बढाएको पाइएको छ । युक्रेनमाथि रुसी आक्रमणबाट विश्व बजारमा आल्मुनियमको माग बढेसँगै चीनले युरोपतर्फ यसको निर्यात बढाएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार चीनले ५ दशमलब ९७ लाख टन आल्मुनियम एवम् आल्मुनियमजन्य वस्तुको निर्यात गरेको छ भने केबल १ दशमलब ९७ लाख टनमात्र आयात गरेको छ ।

यसबाहेक युरोपमा आल्मुनियमको मूल्य पनि उच्च रहेको एएनआईले जनाएको छ । फाइनान्सियल पोस्टका अनुसार अघिल्लो महिनामात्र चीनले अर्धप्रशोधित आल्मुनियममा मूल्य अभिवृद्धि कर बढाएर १६ प्रतिशत पुर्‍याएको थियो ।

पछिल्लो समय चीनले आल्मुनियमसँगै लिड र जिंकको निर्यात पनि बढाएको एएनआईले जनाएको छ । यसले चीन धातुको सबैभन्दा ठूलो खरिदकर्ताबाट धातुको सबैभन्दा ठूलो आपूर्तिकर्ता बन्न पुगेको बताइएको छ ।

चीनको राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार अप्रिल महिनामा चीनको आल्मुनियम उत्पादन उच्चस्तरमा वृद्धि भएको छ । उर्जा उत्पादनमा वृद्धि एवम् धातु कारखानालाई आफ्ना गतिविधिलाई बढावा दिन प्रोत्साहन गरिएका कारण उत्पादनमा वृद्धि भएको जनाइएको छ ।

यसले पश्चिमा मुलुकहरु चिन्तित बनेको एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ५ : २७ बजे

कांग्रेस भिजन- अवैध तरिकाले सम्पत्ति थुपार्नेलाई नियन्त्रण गर्ने

काठमाडौं– प्रतिनिधिसभाको निर्वाचन लक्षित कांग्रेसले सार्वजनिक गरेको भिजनमा अवैध तरिकाले

कांग्रेसको प्रतिज्ञा पत्र : नागरिक स्वास्थ्यको जिम्मेवारी राज्यले लिने

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचन लक्षित प्रतिज्ञा पत्र सार्वजनिक गर्दै

शेर्पा समुदायले धूमधामसँग मनायो ग्याल्पो ल्होसार

काठमाडौं – हिमाली क्षेत्रका शेर्पा समुदायले विभिन्न सांस्कृतिक कार्यक्रमसहित ग्याल्पो

यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्रको भिजन १०

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको

गगनको नीति : छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल बनाउने

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचन लक्षित भिजन सार्वजनिक गर्दै छोराछोरी