भन्सालीको सिरिज ‘हिरामन्डी’ लाई २ सय करोड बजेट « Khabarhub

भन्सालीको सिरिज ‘हिरामन्डी’ लाई २ सय करोड बजेट


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्जय लीला भन्सालीको महत्वकांक्षी सिरिज  ‘हिरामन्डी’ को काममा जुटिसकेका छन् । उनी निर्देशित गंगुवाई कठियावाडी हलसँगै ओटीटीमा समेत प्रदर्शन भइसकेको अवस्थामा उनले आफ्नो ध्यान सिरिजमा केन्द्रित गरेका छन् । १८ जना अभिनेत्री रहने भनिएको सिरिजको सम्पूर्ण एपिसोडलाई आफूले निर्देशन नगर्ने निर्देशक भन्सालीले बताइसकेका छन् । यद्यपि सिरिज निर्माणको लागि नेटफ्लिक्सले  सय करोड भारु दिएको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार भन्सालीले डिरेक्सन डिपार्टमेन्टकको लागि मात्र ६० करोड छुट्याएका छन् ।  यसका साथै उनले कलाकारमा ४० करोड खर्च गर्न सक्ने अनुमान गरिएको छ । बाँकीको रकम छायांकन र पोष्ट प्रोडक्सनमा खर्च हुनेछ । उनले आफैँले सम्पूर्ण एपिसोड निर्देशन नगर्ने भएपछि नेटफ्लिक्सले २ सय करोडको मात्र बजेट पास गरेको बुझिएको छ । 

‘मैले सम्पूर्ण एपिसोड निर्देशन गर्दै छैन । खासमा मलाई गंगुवाई कठियावाडीपछि ब्रेक चाहिएको थियो । यद्यपि मैले काम गर्ने तय भइसकेकोले गर्दा सुरु गर्दैछु’ उनले भनेका छन् । यसैगरी उनले यस सिरिजको हरेक एपिसोड इन्डिपेन्डेन्ट फिल्म मेकर्सको जस्तो हुने समेत बताएका छन् । यसको हरेक एपिसोडमा आत्मनिर्भर फिल्म मेकर्सको स्वाद पाउनु हुनेछ । ‘हामी चाहन्छौ कि यसका हरेक पात्रले जीवन पाउन हामी सानो भन्दा सानो क्यारेक्टरमा पनि जीवन भर्न चाहन्छौँ’ संजयले भने । उनले कुराकानीकै क्रम सिरिजमा आफैले संगीत दिने समेत बताएका छन् । १८ अभिनेत्रीको अभिनय रहने बताइएको सिरिजमा १९ औँ शताब्दीदेखि भारत पाकिस्तान विभाजनसम्मको कथा पस्किने जनाइएको छ । यसमा मनीषा कोइराला, सोनाक्षी सिन्हा, जुही चावला, संजीदा शेख, निम्रत कौर, डायना पेन्टी सहित १८ जना अभिनेत्री रहने छन् । पाकिस्तानको लाहोर हुँदै सिरिज मुम्बईमा आएर सकिनेछ ।  

नेटफ्लिक्समा सार्वजनिक हुने यो सिरिज ८ भागको हुनेछ । सिरिजको पहिलो र अन्तिम एपिसोड भन्साली स्वयंले निर्देशन गर्नेछन् भने बाँकी भाग विभु पुरी र मताक्षरा कुमारले निर्देशन गर्नेछन् । पाकिस्तानको लाहोरमा रहेको यो ठाउँ वेश्याको अखडाको रूपमा चर्चित थियो । भन्सालीले भने यसलाई गीत संगीतको साधना गर्ने थलोको रुपमा प्रस्तुत गर्न लागेको चर्चा छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ६ : १६ बजे

शोभा पाठकले महेश बस्नेतविरुद्ध दिइन् प्रहरीमा अर्को निवेदन

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै

महाकाली पुल : ‘गाइडबन्ड’को परिवर्तित ढाँचा स्वीकृत नहुँदा अलपत्र

महेन्द्रनगर– दुई वर्षअघि निर्माण सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट