पाकिस्तानको उत्तरी वजिरिस्तानमा आत्मघाती बम आक्रमण « Khabarhub

पाकिस्तानको उत्तरी वजिरिस्तानमा आत्मघाती बम आक्रमण


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा गराइएको आत्मघाती बम आक्रमणमा दुई जना सैनिक घाइते भएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको उत्तर वजिरिस्तानमा रहेको एक सुरक्षा चौकलाई लक्षित गर्दै आत्मघाती बम आक्रमण गराइएको हो ।

विस्फोटका कारण दुई सैनिक तथा अन्य दुई जना बालबालिका घाइते भएका छन् । उत्तर वजिरिस्तानको जातीय इलाकाको रजमाक क्षेत्रमा आत्मघाती बम आक्रमण भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

अधिकारीका अनुसार मोटरसाइकलमा आएको आत्मघाती बम आक्रमणकारीले सुरक्षा चौकीमा रोकिरहेको सवारीलाई लक्षित गरी आक्रमण गरेको थियो ।

डनले जनाएअनुसार घाइते हुने पाकिस्तानी सैनिकमा नाइक बनारस र सिपाइ मुन्सिफ खान रहेका छन् । पछिल्लो समय अफगानिस्तानसँग सीमा जोडिएको जातीय क्षेत्रमा आतंककारी गतिविधिमा वृद्धि भएको जनाइएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ६ : २५ बजे

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र