बालविकास स्कुलमा आठ सय ३३ बालबालिकाहरूको आँखा जाँच « Khabarhub

बालविकास स्कुलमा आठ सय ३३ बालबालिकाहरूको आँखा जाँच


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको लिवालिस्थित बाल विकास सेकेन्डरी स्कुलले गरेको दुईदिने आँखा शिविर सोमबार सम्पन्न भएको छ । कक्षाकोठामा बस्दा बोर्डमा लेखिएको नदेखिने धेरैको समस्या देखिएकोले तत्काल निरुपणका लागि शिविर गरेको स्कूलले जनाएको छ । तिलगंगा आँखा केन्द्र अन्तर्गतको सामुदायिक आँखा केन्द्र च्याम्हािसंह भक्तपुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

बालबालिकाको पढाईमा थप सहयोग मिलोस् भन्ने हेतुले हरेक वर्ष झै यो वर्ष पनि शैक्षिक सत्रको सुरुवाती दिनमै आखा शिविर सञ्चालन गरिएको जनाइएको छ । शिविरमा कक्षा एकदेखि कक्षा दशसम्मका जम्मा आठ सय ३३ जना बालबालिकाहरू लाभान्वित भएका छन् । 

परीक्षणका क्रममा केही बढी समस्या देखिएका विद्यार्थीहरुलाई सामुदायिक आखा केन्द्र च्याम्हासिंह रेफर गरी अभिभावकलाई सो सम्बन्धि जानकारी दिने कार्य पनि गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ६ : ४२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५