वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक महिलाको मृत्यु « Khabarhub

वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक महिलाको मृत्यु


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक महिलाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिकामा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक स्थानीय महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरका डीएसपी सूर्य सुवेदीले बताएका छन् । झडपका क्रममा प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार गरेको थियो। झडपमा प्रहरी र केही स्थानीय घाइते भएका छन् ।

मधुवनको ओराली बजारमा अहिले प्रदर्शन जारी छ ।  बाघको आक्रमण बढेपछि मधुवन-२ चमेली गौडी सामुदायिक वनका अध्यक्ष कालीराम थारुको नेतृत्वमा चक्काजाम भएपछि गुलरिया–राजापुर सडकखण्ड बन्द भएको छ ।

सरकारले वन्यजन्तु पीडितप्रति उदासिन भएको, वनका अधिकारी घटनास्थल नपुगेको भन्दै आक्रोशित हुँदै गाउँगाउँबाट मानिसहरु सडकमा टायर बाल्दै विरोध प्रदर्शन गरेका छन् । 

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ६ : ५३ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका