लागूऔषध कारोबारमा संलग्न महिला पक्राउ « Khabarhub

लागूऔषध कारोबारमा संलग्न महिला पक्राउ


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बागलुङ – जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध लागूऔषध अफिमको कारोबारमा संलग्न रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–२ की राखीलाक घर्तीमगरलाई पक्राउ गरेको छ । विसं २०७७ मङ्सिर ४ गते बागलुङको ढोरपाटन नगरपालिका–१ स्थित निसी भल्कोट सन्दीप गेष्ट हाउसमा दस किलो अफिम छाडेर फरार रहेकी घर्तीमगरलाई शनिबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

३३ वर्षीया घर्तीमगर पुथाउत्तरगङ्गा–२ की पूर्व वडासदस्यसमेत हुन्। आफ्नो नामथर सरीता घर्तीमगर बताएर गेष्टहाउसको कोठामा बस्नुभएकी घर्तीमगरले अफिमसहित तौल गर्न प्रयोग हुने डिजिटल काँटा, सिक्का, सिमकार्ड, मोबाइल, कपडालगायत सामग्री त्यहीँ छाडेर फरार भएकी थिइन् ।

घटनालगत्तै प्रहरीले अफिमलगायत सामग्री बरामद गरी फरार घर्तीमगरको खोजी सुरु गरेको थियो । खोजतलासका क्रममा डेढ वर्षपछि रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा लुकिछिपी बसिरहेको अवस्थामा घर्तीमगरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालयका  सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राईले बताए । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको सहयोगमा घर्तीमगरलाई पक्राउ गरिएको उनको भनाइ छ । बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घर्तीमगरमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ८ : ०० बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल