लागूऔषध कारोबारमा संलग्न महिला पक्राउ « Khabarhub

लागूऔषध कारोबारमा संलग्न महिला पक्राउ


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बागलुङ – जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध लागूऔषध अफिमको कारोबारमा संलग्न रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–२ की राखीलाक घर्तीमगरलाई पक्राउ गरेको छ । विसं २०७७ मङ्सिर ४ गते बागलुङको ढोरपाटन नगरपालिका–१ स्थित निसी भल्कोट सन्दीप गेष्ट हाउसमा दस किलो अफिम छाडेर फरार रहेकी घर्तीमगरलाई शनिबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

३३ वर्षीया घर्तीमगर पुथाउत्तरगङ्गा–२ की पूर्व वडासदस्यसमेत हुन्। आफ्नो नामथर सरीता घर्तीमगर बताएर गेष्टहाउसको कोठामा बस्नुभएकी घर्तीमगरले अफिमसहित तौल गर्न प्रयोग हुने डिजिटल काँटा, सिक्का, सिमकार्ड, मोबाइल, कपडालगायत सामग्री त्यहीँ छाडेर फरार भएकी थिइन् ।

घटनालगत्तै प्रहरीले अफिमलगायत सामग्री बरामद गरी फरार घर्तीमगरको खोजी सुरु गरेको थियो । खोजतलासका क्रममा डेढ वर्षपछि रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा लुकिछिपी बसिरहेको अवस्थामा घर्तीमगरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालयका  सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राईले बताए । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको सहयोगमा घर्तीमगरलाई पक्राउ गरिएको उनको भनाइ छ । बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घर्तीमगरमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ८ : ०० बजे

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज