प्रतिबद्धता सहितको सहमति पत्रमा हस्ताक्षर भएपछि काठमाडौंको फोहोर भोलिबाट उठ्ने « Khabarhub

प्रतिबद्धता सहितको सहमति पत्रमा हस्ताक्षर भएपछि काठमाडौंको फोहोर भोलिबाट उठ्ने


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लामो समयदेखी सडकमा थुप्रिएको काठमाडौं महानगरको फोहोर भोलिबाट उठाउने सहमति भएको छ ।

जेठ १६ गतेबाट रोकिएको काठमाडौं उपत्यकाको फोहोर मंगलबारदेखि सिसडोल बन्चरेडाँडा लैजान दिने सहमति भएको हो । सोमबार सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीसहित भएको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल-बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो ।

प्रतिवद्धतासहितको सहमतिपत्रमा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट हस्ताक्षर गरिएको छ ।सहमतिपत्रमा प्रभावित क्षेत्रका मागहरू क्रमिकरुपमा पुरा गर्ने महानगरले प्रतिबद्धता जनाएको छ । सहमतिअनुसार महानगरपालिकाकाले प्रभावित क्षेत्रका वासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्नेछ ।

उपत्यकामा उत्पादन हुने फोहोरलाई साउन १ गतेदेखि स्रोतमै वर्गीकरण गर्न सुरु गर्ने पनि महानगरपालिकाको प्रतिवद्धता जनाएको छ । वातावरणीय प्रभाव मूल्यांकनका आधारमा ६ महिनाभित्र सिसडोलको पोष्ट क्लोजर सुरु गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।

 

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ९ : ५० बजे

चुनावी विश्लेषण गर्न पाउनुपर्ने माग गरिएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

काठमाडौं – चुनाव विश्लेषणसम्बन्धी सामग्री हटाउन वा सम्पादन गर्न दिएको

पत्रकार सुवेदीलाई भौतिक आक्रमणको धम्की, महासंघको आपत्ति

काठमाडौं – नेपाल पत्रकार महासंघले समाचार लेखेकै आधारमा पत्रकार राजु

कतारको एयरस्पेस बन्द, एतिहाद र कतार एयरवेजका उडान अनिश्चितकाललाई प्रभावित

काठमाडौं– अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वबाट हुने हवाई

आफूविरुद्ध भ्रम फैल्याइएको भन्दै गगन थापाको आपत्ति

काठमाडौं- फागुन १९ निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका