भक्तपुरमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु « Khabarhub

भक्तपुरमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थली चोकमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०२५ प १६२० नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००४ क ०५८० नम्बरको दूधको ट्याङ्करले आज ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

ट्याङ्करको ठक्करबाट स्कुटर चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–५ बस्ने ४५ वर्षीय नकुल थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

दुर्घटनामा संलग्न सवारी साधन र ट्याङ्कर चालक भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने ३५ वर्षीय राजन ब्याञ्जुलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  १० : ३६ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था