वैदेशिक रोजगारी र बसाइँ सराइले निम्त्याएको समस्या | Khabarhub Khabarhub

वैदेशिक रोजगारी र बसाइँ सराइले निम्त्याएको समस्या



खासगरी माइग्रेसन भनेको एउटा डेमोग्राफिक प्रक्रिया हो। यसले धेरै प्रकारको समस्या ल्याउँछ। समाज, परिवार र देशमा पनि धेरै समस्या भएको कुरामाथि हामी छलफल गछौँ। त्यसले मानिसलाई भावुक बनाउने छ। त्यसभित्रका दुःख पीडाका कुराहरु पनि रहेका छन्।

म पढ्ने पढाउने क्रममा १२ देखि १५ वर्ष भयो। मानिस माइग्रेट भएर गइसकेपछि अगंभङ्ग हुने र मृत्यु हुने, कहाँ कति खेर के हुन्छ त्यो थाहानै हुँदैन। त्यसले दुई तीन वटा कुरामा चाहिँ अलिकति फरक पार्छ। त्यसको प्रत्यक्ष असर पनि छ।

माइग्रेसन भएको मानिस जुन ठाउँमा बसेर काम गर्छु भनिरहेको हुन्छ। त्यो ठाउँमा सुरु सुरुमा काम गरेर आफ्नो ड्युटी सकाएर फर्किन्छ। तर, कानुनी डकुमेन्ट नहुँदा समस्या हुन्छ। त्यो एउटा नर्मल भयो। काम गर्दागर्दै पहिचान भएको केसमा समस्या पर्छ। इलिगल भएर बस्दा उनीहरुको बिमा गरेको हुँदैन। यसले समस्या देखिएको छ।

त्यो डकुमेन्ट नभएपछि उनीहरु बीचमा सानो केही भइहाल्यो भने उसको परिवार, बालबच्चा र स्वयम् व्यक्तिमा प्रभाव पर्छ। दुर्घटना भएर आएको अवस्थामा परिवारले स्याहार सुसार गरेर आर्थिक, सामाजिक, बालबच्चाको मनोवैज्ञनिक अवस्थाले यस्ता धेरै कुराको प्रभाव छ।

परिवारमा त्यो घटना घटिहाल्यो भनेदेखि महिला चाहिँ सानो बालबच्चा छोडेर घरबाट निस्किने, अर्को विवाह गर्ने, एकदमै भावुक अवस्था रहेछ। त्यसले चाहिँ के हुँदोरहेछ भने बच्चामा यसले धेरै असर गर्दो रहेछ।

मैले त्रिभुवन विश्वविद्यालयको एउटा सानो एकाईबाट वैदेशिक तहमा प्याटेन्सीयल मृत्युमा चाहिँ एक किसिमको बच्चाको स्वास्थ्य र शिक्षामा कस्तो असर पारेको छ ? के त्यसको उपाय रहेछ भन्ने अध्ययनको क्रममा मैले चाहिँ आफ्ना अवलोकन राजनीतिक तहको, फिल्ड लेभलको त्यो बच्चालाई चाहिँ सानै भएर बुबाको मृत्यु भयो भने थाहा नै नदिनेरहेछ।

उसको बुबा कहाँ गयो भनेर अर्को चाहिँ मृत्यु भए पनि मेरो बुबा विदेशमा काम गर्दै हुनुहुन्छ भन्ने हुँदोरहेछ। यसले अर्को ठूलो समस्या सिर्जना गर्छ।

अर्को पक्ष के छ भने बच्चामा बुबा आमाको सम्झना, घरायसी तनाव, उसको क्रियाकलाप परिवर्तन हुन्छ। जुन किसिमको उपचार स्कुलमा शिक्षकले, उसका साथीले गर्नुपर्ने त्यो परामर्श प्रणाली छैन। तिमीले पाउनुपर्ने जीवन बीमा बापत रकम यति हो। मरेको भए यति लैजाउ। अथवा घाइते भएको यति खर्च लैजाउ भनेर भनेको छ नीतिले। मृत्यु भएकोलाई १२ हजार र घाइते भएकोलाई ८ हजार रुपैयाँ भनेर बच्चालाई भत्ता दिन्छ।

त्यो बाहेक ऊ कहाँ पढेको छ ? पढाइ कस्तो अवस्थामा अगाडि बढेको छ ? उसको परिवारमा कस्तो छ ? अथवा उसको कारणले अझै क्षतविक्षत भएको छ कि भन्ने कुरामा चाहिँ अलि संवेदनशील देखिएको छ। बच्चाको एउटा मनोविज्ञान स्वास्थ्यको समस्या छ। त्यसलाई परामर्श गरेर समायोजन गर्नको लागि स्कुलमा पढाउने शिक्षकमा पनि त्यो बुझाइ आवश्यक हुन्छ।

लगभग ६० प्रतिशत भन्दा बढी परिवारमा माइग्रेसन छ। तर, त्यो घटना कुन दिन कहाँ कसको परिवारमा अथवा कुन विद्यालयको विद्यार्थीको परिवारमा पर्ने हो, थाहा हुँदैन। त्यसका लागि सरकार पहिले नै तयार भएर बस्नुपर्छ। तत्कालै कसैको घरमा त्यस्तो खालको घटना घटेको छ भने त्यो विद्यार्थीको मनोवैज्ञानिक धेरै नै पीडादायी भएको छ भने त्यसलाई कसरी कम गर्ने भनेर एउटा संस्था खडा गर्नुपर्छ।

यौन अधिकारको विषय पनि त्यत्तिकै विवादित छ। बुहारी सहरमा कोठा लिएर बसेकी छ। विदेश भएको छोरा घाइते भएर आयो। अथवा मृत्यु भयो। त्यो पैसा कसले लिने भनेर विवाद उठ्छ ? अनि त्यसपछि ऊ आफैँ घाइते भएको हुन्छ।

कमाउने श्रीमानको मृत्यु हुन्छ। उता सासु ससुराले वा घरपरिवारले पनि त्यो पैसा तैले लिन पाउदैनस् बच्चा नि हामी हेर्छौँ भन्छन्। त्यसले नि उसलाई परिवार प्रतिको प्रतिवद्धतामा कमी ल्याउने हुन्छ। यो एउटा घटनाले उसको परिवारमा फेरि अर्को घटना घट्छ।

कतिपय परिवारका एउटा मात्रै सन्तान हुन्छन्। त्यो विदेश गएको हुन्छ। उतै गम्भीर घाइते हुन्छ। कतिपयको मृत्यु नै हुन्छ। बाउ आमालाई हृदयघात हुने वा परिवारमा एकदमै मनोवैज्ञानिक प्रभाव पर्ने हुन्छ। यस्तो अवस्थामा अभिभावकमा गम्भीर समस्या देखिन्छ।

परदेशमा उपचार गर्नलाई उसको साथीले जागिर छोड्नु पर्ने अवस्था पनि हुन्छ। दुई किसिमको घाइते एउटा स्याहार्नु पर्ने। अर्को चाहिँ अगंभङग हात काटिए पनि बस्न खान त सक्छ, स्याहार्नु नपर्ने। अर्को डाढै भाँच्चिएको ६ महिना हुने। १ वर्ष, २ वर्ष अस्पतालमा राखेर पुरै हेरचाह गर्नु पर्ने हुन्छ। त्यसले गर्दा खेरी अनौपचारिक अथवा औपचारिक क्षेत्रमा भएका उसको लागि भए पनि जागिर छोड्नु पर्ने समस्या छ।

व्यवसायमा छ भने व्यवसाय कम हुने, कृषि विकासमा छ भने त्यसमा पनि कम हुने, कतिपय अवस्थामा घरजग्गा नै बेच्नु पर्ने अथवा सहरमा ठूलो फ्ल्याट लिएर बसेको छ भने सानो कोठामा सर्नुपर्ने हुन्छ। त्यो पाटोहरु समाजमा बढ्दो रुपमा छ। यसले भोलिका दिनमा धेरै ठूलो समस्या ल्याउनसक्छ।

यतिको एन्टिलेक्चर समाजमा मिडिया तथा क्षेत्रमा काम गर्ने अनुसन्धानकर्ता पठाउनु हुन्छ भने मलाई के भन्न मन लाग्यो भने अब पनि हामीले यसलाई चाहिँ अतिकति घच्घचाएर यो आवाजलाई उठाएनौँ भने यसले समाजमा ठूलो क्षति पुर्याउने वाला छ।

यसको लागि अध्ययन, अनुसन्धान, त्यसको वकालत गरेर यसलाई समयमा नै सरकारले सम्बोधन गर्नु जरुरी छ। जसले गर्दा यसको असर कमभन्दा कम गर्न सकियोस्।

(प्रस्तुति : मौसमी राना)

https://www.facebook.com/watch/?v=735270371118624

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १० : २८ बजे

भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण गरिँदै

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको आगम

सेती लोकमार्ग चाँडो सक्न बर्दगोरिया महोत्सव सुरु

कैलाली – कैलालीको बौनियामा आजबाट बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव

दार्चुलामा भूकम्पको धक्का महसुस

काठमाड‌ौं -दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प

धरहराबाट एक महिनामा ५५ लाख राजस्व सङ्कलन

काठमाडौं – विसं.. २०७२ को भूकम्पले पूर्णरूपमा क्षति भएपछि पुनः

गुरुङ समुदायले ‘तमू ल्होसार’ साताभर मनाउने

काठमाडौं – गुरुङ समुदायले तमू ल्होसार सप्ताहव्यापी रूपमा मनाउने भएका