भुजुङ-भोर्लेटार सवस्टेशन प्रसारण लाइन बन्ने « Khabarhub

भुजुङ-भोर्लेटार सवस्टेशन प्रसारण लाइन बन्ने


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको क्व्होलासोथार गाउँपालिका ४ मा रहेको माथिल्लो मिदिम जलविद्युत आयोजनाको स्वीचार्टदेखि मध्यनेपाल नगरपालिका ६ मा रहेको नेपाल विद्युत प्राधिकरणको भोर्लेटार सबस्टेसनसम्म सिङगल सर्किट प्रसारण लाइन निर्माण गरिने भएको छ  ।

७.५ मेगावाटको माथिल्लो मिदिम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक भुजुङ हाइड्रो पावरले २६.१३ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको हो । कम्पनीले आयोजनाको विद्युत प्रवाह गर्न ३३ केभी प्रसारण लाइन निर्माण गर्न लागेको हो ।

अध्ययन पूरा भएको लाइनको निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीलाई अनुमतिपत्र  दिन विभागले ३५ दिने सूचना जारी गरेको छ ।

विभागले अनुमतिपत्र दिनु अघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय-सुझाव मागेको छ । प्रसारण लाइनमा ५ सय ५ वटा पोल हुनेछ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ८ : ३४ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा