केकी र आँचल भन्दैछन् , ‘आगोबिना बिँडी जल्दैन’ (भिडियो)  « Khabarhub

केकी र आँचल भन्दैछन् , ‘आगोबिना बिँडी जल्दैन’ (भिडियो) 


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केकी अधिकारी र आँचल शर्मा अभिनीत फिल्म ‘झिँगेदाउ’ को पहिलो गीत सार्वजनिक भएको छ । मुकून भुसाल र कुशल बिष्टको समेत मुख्य भूमिका रहेको फिल्मको मंगलबार औपचारिक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । ‘आगोबिना बिँडी जल्दैन’ बोल समावेश गीतलाई अर्जुन पोखरेलले संगीत गरेका हुन् ।

भैँसेपाटीको सिकाली चौरमा खिचिएको गीतमा केकी र आँचलसँगै मुकून भुसाल र कुशल बिष्टको नृत्य देख्न सकिन्छ । गीतमा रामजी लामिछानेको कोरियाग्राफी रहेको छ । 

लोक शैलीको गीतमा प्रविण बेडवाल र शान्तिश्री परियारको स्वर रहेको छ । गीत रचना रहेको छ, मुक्ता उदासको । भिमनिधी तिवारीको कथामा आधारित रही बनेको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । प्रदीप भारद्धाजले कथान्तरण गरेको फिल्म भदौ १७ मा प्रदर्शन हुँदैछ । 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १ : ३५ बजे

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन