एसियाली मुलुकहरूमा कोरोना सङ्क्रमित बढ्दै « Khabarhub

एसियाली मुलुकहरूमा कोरोना सङ्क्रमित बढ्दै


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बितेका केही दिनयता एसियाली मुलुकहरु भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कारोना भाइरसका सङ्क्रमित बढिरहेको पाइएको छ ।

बुधबार भारतमा १६ हजार एकसय ५९ जना, पाकिस्तानमा आठसय १८ जना र दक्षिण कोरियामा १९ हजार तीनसय ७१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

यसैगरी मलेसियामा दुई हजार नौ सय ३२ जना नयाँ बिरामी थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४५ लाख ७८ हजार सातसय ४१ जना पुगेको छ ।

हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३५ लाख ४७ हजार ८०९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

२४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमणमा २८ को मृत्यु भएको थियो । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार २७० को मृत्यु भएको छ ।

हाल भारतमा एक लाख पन्ध्र हजार २१२ सक्रिय सङ्क्रमित रहेका छन् । करिब चार महिनापछि गत हप्ताबाट सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ ।

पछिल्लो एक दिनमा १५ हजार ३९४ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २९ लाख ७ हजार ३३७ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८.६१ प्रतिशत रहेको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८८ लाख डोजभन्दा बढी खोप लगाइएको छ ।

त्यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड २० लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ३ : १७ बजे

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६० लाखबढी कमाइ

काठमाडौं– नेपाली फिल्म ‘परान’ले अन्तर्राष्ट्रिय बजारमा पनि ठूलो सफलता हासिल

गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि

चितवन– आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ

रास्वपाले हटायो सातै प्रदेशका इन्चार्ज, निर्वाचन केन्द्रित भूमिकामा खटाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशका इन्चार्जहरूलाई जिम्मेवारीबाट

एलजी नेपालको नयाँ एलजी एआई टीभी शृङ्खला सार्वजनिक

काठमाडौँ– एलजी नेपालले नेपालमा नयाँ पुस्ताको एलजी एआई टीभी शृङ्खला सार्वजनिक गरेको छ। 

पृथ्वी सुब्बासहित महेश बस्नेत धनगढीतिर, विरोधमा युवाको प्रदर्शन

काठमाडौं- नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत कैलालीको धनगढीतिर लागेका