एसियाली मुलुकहरूमा कोरोना सङ्क्रमित बढ्दै « Khabarhub

एसियाली मुलुकहरूमा कोरोना सङ्क्रमित बढ्दै


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बितेका केही दिनयता एसियाली मुलुकहरु भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कारोना भाइरसका सङ्क्रमित बढिरहेको पाइएको छ ।

बुधबार भारतमा १६ हजार एकसय ५९ जना, पाकिस्तानमा आठसय १८ जना र दक्षिण कोरियामा १९ हजार तीनसय ७१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

यसैगरी मलेसियामा दुई हजार नौ सय ३२ जना नयाँ बिरामी थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४५ लाख ७८ हजार सातसय ४१ जना पुगेको छ ।

हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३५ लाख ४७ हजार ८०९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

२४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमणमा २८ को मृत्यु भएको थियो । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार २७० को मृत्यु भएको छ ।

हाल भारतमा एक लाख पन्ध्र हजार २१२ सक्रिय सङ्क्रमित रहेका छन् । करिब चार महिनापछि गत हप्ताबाट सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ ।

पछिल्लो एक दिनमा १५ हजार ३९४ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २९ लाख ७ हजार ३३७ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८.६१ प्रतिशत रहेको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८८ लाख डोजभन्दा बढी खोप लगाइएको छ ।

त्यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड २० लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ३ : १७ बजे

इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन : ट्रम्प

वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल

रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योग मन्त्री बन्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईजना सांसदलाई मन्त्री बनाउने

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको

औषधिको मूल्यवृद्धिबारे विभागको स्पष्टिकरण

काठमाडौं– पछिल्लो समय औषधिको मूल्यवृद्धि सम्बन्धी विषय संघीय संसद् र

उपसभामुखको निर्वाचनअघि रास्वपा दलको बैठक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको