अमिताभको चुनावी किस्सा : मतपत्रमा स्वस्तिकको सट्टा लिपिस्टकको छाप « Khabarhub

अमिताभको चुनावी किस्सा : मतपत्रमा स्वस्तिकको सट्टा लिपिस्टकको छाप


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडका महानायक अमिताभ बच्चन भलै एक पटक देशको चुनावमा उत्रिए, तर यो घटना मानिसका लागि आजीवन स्मृतिमा रहिरह्यो । सन् १९८४ को लोकसभा चुनावमा उनले दिग्गज नेता हेमवती नन्दन बहुगुणाविरुद्ध इलाहबादबाट ऐतिहासिक जित दर्ता गराएका थिए । तर, उनले तीन वर्षमा नै सांसदबाट राजीनामा दिएका थिए र सदाका लागि सक्रिय राजनीतिबाट बिदा भए ।

उक्त चुनावमा अमिताभसँग जोडिएका कयौँ रोचक कुरा छन् । अमिताभले त्यो चुनावमा राजनीतिक व्यक्तित्वको रंग देखाएका थिए । उनले बहुगुणा आफूभन्दा वरिष्ठ भएकाले उनीविरुद्ध आफूले एक शब्द पनि नबोल्ने उल्लेख गरेका छन् । अमिताभले हेमवतीको पाउ छोएर उनीबाट आशीर्वाद मागेका थिए । हेमवती कुनै समय कांग्रेसी थिए र उनले इलाहाबादबाट चुनाव जित्ने निश्चित मानिएको थियो । त्यही समयमा कांग्रेसले अमिताभलाई उनकोविरुद्ध मैदानमा उतार्ने निर्णय लियो । अमिताभ आफ्ना साथी राजीव गान्धीको इच्छाअनुसार राजनीतिमा आएका थिए ।

तर, इलाहाबादको सिटमा अमिताभको रंग खासै जम्न सकिरहेको थिएन । तर, पासा त्यतिबेला पल्टियो, जब त्यहाँ जया बच्चन ‘बुहारी ’का रुपमा प्रवेश गरिन् । अमिताभले बहुगुणालाई हराउनका लागि ‘मेरो आँगनमा तिम्रो के काम’ भन्नुपर्‍यो । अमिताभको क्रेज बढ्दै गयो । त्यहाँ चुनावको माहौल यति गर्मायो कि कतिपय स्थानमा राति १० बजेसम्म मतदान भएको थियो । केही बुथमा ९५ देखि शतप्रतिशतसम्म मत झर्‍यो । निर्वाचन आयोगले यी स्थानको चुनावमा कोही पनि बिरामी ओछ्यानमा नरहेको घोषणा गर्‍यो ।

अमिताभले यो चुनावमा बहुगुणालाई १ लाख ८७ हजार मतान्तरले पराजित गरेका थिए । तर, मतगणनाको समयमा एक रोचक कुरा बाहिर आयो । अमिताभको जित अन्तर धेरै बढ्यो तर उनले पाएको मतमध्ये करिब ४ हजार भोट रद्द भयो । यसको कारण पनि अनौठो थियो । अमिताभलाई महिला फ्यानको उल्लेख्य भोट आएको थियो । तर, त्यसमा तीमध्ये करिब चार हजार महिलाले मतपत्रमा स्वस्तिक चिन्ह लगाउनुपर्नेमा मतपत्रलाई चुमेर लिपिस्टिकको निशान छाप लगाइदिएका थिए ।

चुनाव जितेको तीन वर्षमै उनले राजीनामा दिए । उनले इलाहबादको जनतासमक्ष आफूले गरेको प्रतिबद्धता पुरा नगरेको भन्दै राजीनामा दिएका थिए । उनी चुनाव जितेपछि फिल्ममै व्यस्त भए र कहिल्यै आफ्नो संसदीय क्षेत्रमा फर्किएनन् । सांसद रहँदै रिलिज भएको उनको फिल्म ‘मर्द’ ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो । -एजेन्सी

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : ०२ बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व