अफगानिस्तानको मस्जिदमा बम आक्रमण « Khabarhub

अफगानिस्तानको मस्जिदमा बम आक्रमण


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा गराइएको बम आक्रमणमा एक जनाको मृत्यु भएको छ । उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तमा रहेको एक मस्जिदमा गराइएको बम आक्रमणमा अरु ७ जना घाइते भएका छन् ।

श्रद्धालुहरुले प्रार्थाना गरिरहेका बेला बम विष्फोट भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

गत अप्रिल महिनामा पनि सोही क्षेत्रमा बम आक्रमण भएको थियो । उक्त आक्रमणमा दर्जनौँको मृत्यु भएको थियो भने अरु कैयाँ घाइते भएका थिए ।

कुन्दुज प्रान्तको इमाम साबिह जिल्लामा रहेको अलिफ बिरडी मस्जिदमा आक्रमण भएको प्रान्तीय प्रहरी प्रवक्ता करी ओबाइदुल्लाह अबेदीलाई उद्धृत गर्दै डनले जनाएको छ । आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन ।

गत वर्षको अगस्ट महिनामा अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा सैनिक तथा सार्वजनिक निशानालाई लक्षित गरी आक्रमणका घटना बढ्न थालेको बताइन्छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ५ : ३५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार