लोपोन्मुख संगीत संरक्षण गर्न ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम : प्रधानमन्त्री  « Khabarhub

लोपोन्मुख संगीत संरक्षण गर्न ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम : प्रधानमन्त्री 


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले लोपोन्मुख संगीत परम्पराको संरक्षणका लागि ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम ल्याएको बताएका छन् । मंगलबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १२ औं प्राज्ञ सभा बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमार्फत विभिन्न नेपाली लोकबाजा तथा लोकनृत्यहरूकाे पहिचान र प्रशिक्षण, नाट्य प्रविधिका क्षत्रका विशेष प्रशिक्षण, बालनाटक महोत्सव कार्यक्रमहरूको आयोजना गर्दै जाने बताए । 

यसका लागि देशको भूगोल, जाति, समुदायसम्म पुग्न प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री देउवाले प्राज्ञ प्रतिष्ठानका प्राज्ञहरूलाई निर्देशन दिए । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संरक्षक जीवनराम श्रेष्ठले देशको सांस्कृतिक विविधतालाई जोगाइराख्नु सबैको कर्तव्य भएको बताए ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ५ : ४० बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा