फिल्मका कारण घृणाको पात्र बनेका भिलेनहरु  « Khabarhub

फिल्मका कारण घृणाको पात्र बनेका भिलेनहरु 


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा हिजोआज अभिनेताले भिलेनको भूमिका निभाइरहेका छन् । किनकी आजभोली क्यारेक्टरलाई हेर्ने गरिन्छ । केही  फिल्ममा एन्टागोनिस्ट नै हिरो छन् । खलनायक, रेस सिरिज, धूम सिरिज, वार लगायत यसको उदाहरण हुन् । अहिले बनिरहेका फिल्ममा प्रोटागोनिस्टहरु भिलेन बन्न हिचकिचाउँदैनन् । तर एक समय हिन्दी फिल्ममा यस्तो क्षण थियो, जुन समयमा हिरो र भिलेनको महत्व अलग-अलग थियो ।

केही मात्र यस्ता कलाकार थिए, जो पर्दामा भिलेनको भूमिकामा मात्र देखिन्थे । तर यी कलाकारलाई भने त्यो चरित्र पर्दामा निभाइरहँदा वास्तविक जीवनमा चरित्रकै कारण घृणाको पात्र बन्नुपरेको थियो । यहाँ त्यस्ता केही भिलेनको बारेमा वर्णन गरिएको छ, जसले वास्तविक जीवनमा दर्शकबाट घृणाको अनुभव गरे ।

प्राण

प्राण बलिउडका एक त्यस्ता अभिनेता थिए, जसले पर्दामा अलग/अलग भूमिकाका लागि चिनिए । तर उनलाई अहिले पनि बलिउडको उत्कृष्ट भिलेनका रूपमा चिनिन्छ । वास्तविक जीवनमा प्राणले कयौँपटक अनस्क्रिन भिलेनको भूमिकाको असर भोग्नुपर्‍यो । प्राणलाई फिल्म ‘उपकार’ अघि जोकोहीले सडकमा देख्दा उनलाई फटाहा, गुण्डा र आवारा जस्ता शब्द प्रयोग गर्थे । प्राणको भिलेन चरित्रले दर्शकमा यति प्रभाव जमाएको थियो कि त्यो समयका आमाबाबुले छोराको नाम प्राण नै राखेका थिए ।

प्रेम चोपडा

प्रेम चोपडालाई अहिले पनि जोकोहीले देख्दा या भेट्दा उनको लोकप्रिय संवाद ‘प्रेम नाम है मेरा’ सम्झन्छन् । उनले पनि कयौं फिल्ममा भिलेनको भूमिका निभाए पनि वास्तविक जीवनमा त्यसको पीडा भोग्नुपरेको छ । प्रेमको चरित्रलाई दर्शकले यति गम्भीर रूपमा लिए कि कोही विवाहित दर्शकको अगाडि उनी पुग्दा दर्शकले आफ्नो श्रीमती लुकाउँथे । त्यो समयमा उनले आफ्नो वास्तविक जीवनमा फिल्मको जस्तो भिलेन नभएको सम्झाउनु परेको थियो ।

रञ्जित

बलिउडमा भिलेनको कुरा गर्दा नछुट्ने नाम हो, रञ्जित । उनले फिल्ममा भिलेनको चरित्र निर्वाह गरे पनि निजी जिन्दगीमा उनले त्यो असर घरमै भोग्नुपरेको थियो । फिल्ममा उनले अभिनेत्री अथवा अन्य कोही युवतीलाई बलात्कार गरेको दृश्य हेरेका उनका बाबुआमाले रञ्जितलाई घरमा प्रवेश गर्न रोक लगाएका थिए । उनका आफन्तले पनि उनीसँग सम्बन्ध तोडेका थिए ।

जीवन

अभिनेता जीवनले पनि बलिउडका कयौं फिल्ममा भिलेनको भूमिका निर्वाह गरेका छन् । जसको असर उनको निजी जीवनमा राम्रैसँग पर्‍यो । उनी एक कार्यक्रममा सहभागिता जनाउन मुम्बई बाहिर जाँदा जब उनी ट्रेनबाट उत्रिए, त्यो समयमा एक महिलाले उनीमाथि चप्पल प्रहार गरिन् । त्यसपछि उनले ती महिलालाई आफूलाई चप्पल हान्नुको कारणबारे सोध्दा महिलाले अपशब्द प्रयोग गर्दै विश्वकै सबैभन्दा घटिया व्यक्ति भनी गाली गरेकी थिइन् ।

गुलशन ग्रोवर

बलिउडमा ‘ब्याडमेन’ को पहिचान बनाएका अभिनेता गुलशन ग्रोबरको पीडा पनि कम छैन । गुलशन बाल्यकालमा आमाका साथ गुरुद्वार जाँदा उनलाई जोकोहीले एक आदर्श बालक सम्झन्थे । तर जब उनले फिल्ममा भिलेन र नकारात्मक भूमिका निभाउन थाले, उनीमाथिको सोचाइमा परिवर्तन भयो । उनको आमाबाबु पनि गुलशनको फिल्मी चरित्र हेर्दा लज्जित हुन्थे । यसबाहेक शक्ति कपूर, अमरिश पुरी र अनुपम खेरलगायत कयौं अभिनेताहरू आफ्नो भिलेन चरित्रका कारण वास्तविक जीवनमा घृणाको पात्र बने ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : १९ बजे

सरकारले बढायो सार्वजनिक यातायात र ढुवानीका साधनको भाडा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकारले सार्वजनिक यातायात तथा ढुवानीका

सरकारले बढायो सार्वजनिक यातायात र ढुवानीका साधनको भाडा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकारले सार्वजनिक यातायात तथा ढुवानीका

बागमती प्रदेशसभाको सभामुखमा चार दलको दाबी

बागमती– बागमती प्रदेशसभामा सभामुख पदको चयन प्रक्रिया सुरु भएको छ

राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्न माग

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था

तनावबीच उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र प्रहार

एजेन्सी– दक्षिण कोरियासँग सम्बन्ध सुधारको सम्भावनालाई नै अस्वीकार गर्दै उत्तर