पुसमा ‘गुञ्जन’ « Khabarhub

पुसमा ‘गुञ्जन’


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘गुञ्जन’ आउँदो पुस २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्म वितरकका लागि काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीसम्म सम्झौता गर्दै फिल्मको रिलिज मिति तय गरेको हो । विशुद्ध प्रेमकथामा बनेको फिल्ममा सारा सिर्पाली, प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, कवीर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । प्रितमराजले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।

विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जन फिल्मका निर्देशक हुन् । थुप्रै फिल्ममा द्धोन्द निर्देशन गरेका अष्टले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । आफूले फिल्म क्षेत्रबाट सिकेको, जानेको सबै अनुभव ‘गुञ्जन’ मा खन्याएको अष्टले बताए । काठमाडौं, पोखरा, जोमसोममा र दुबईमा छायांकन भएको छ ।

फिल्ममा कविराज गहतराजको कोरियाग्राफी रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : ३५ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२