युक्रेनमा रुसी सेनाको कारवाहीमा ब्राजिलकी मोडल तथा निशानेबाजको मृत्यु « Khabarhub

युक्रेनमा रुसी सेनाको कारवाहीमा ब्राजिलकी मोडल तथा निशानेबाजको मृत्यु


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्राजिलकी एकजना मोडल तथा निशानेबाज (स्नाइपर) रुसी सेनाको कारवाहीमा युक्रेनमा मारिएकी छिन् । रुसी सेनाविरुद्धको लडाईमा सहभागी भएको तीन हप्तापछि युक्रेनमा रुसी मिसाइल आक्रमणमा ३९ वर्षीया थालितो डो भाले मारिएकी हुन् ।

बेलायती अखबार डेली मेलका अनुसार विश्वभर मानवीय अभियानमा सहभागी हुँदै आएकी उनले यसअघि इराकमा आतंककारी संगठन इस्लामिक स्टेटविरुद्ध समेत लडेकी थिइन् ।

गत साता युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा रुसी मिसाइलले बंकरमा प्रहार गरेपछि उनको मृत्यु भएको जनाइएको छ ।

आक्रमणमा ब्राजिलको पूर्वसेनाको डगलस बुरिगोको पनि मृत्यु भएको छ । ४० वर्षीय बुरिगो थालितालाई खोज्न बंकरमा जाने क्रममा मिसाइल हमलामा परेका थिए ।

अन्य सैनिकका अनुसार मिसाइल प्रहार हुँदा उनी मात्रै बंकरमा छुटेकी थिइन् । युवावस्थामा मोडेल र अभिनेत्रीको रूपमा काम गरेपछि उनले कानूनको अध्ययन गरेकी थिइन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : ४७ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको