प्रसाद २ : गाउँ फर्किए बाबुराम र नारायणी  « Khabarhub

प्रसाद २ : गाउँ फर्किए बाबुराम र नारायणी 


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘प्रसाद’ को सफलता पश्चात यसको सिक्वेलको तयारीमा टिम जुटेको छ । विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत अभिनीत फिल्ममा यसपटक केही नयाँ अनुहार भित्रिएका छन् भने पुराना निस्किएका छन् । यसपटक विपिन र नम्रतासँगै फिल्ममा अर्पण थापा थपिएका छन् । निश्चल भने छैनन् । फिल्मलाई सुशील पौडेलले नै लेखेका हुन् । फिल्ममा नम्रता र विपिनले नारायणी र बाबुरामको पात्रमा दम्पतीको भूमिका निर्वाह गर्दैछन् । 

प्रसाद बाबुराम र नारायणीमा केन्द्रित थियो । फिल्ममा यी दुईको सामाजिक, जातीय र आपसी द्वन्द्वलाई समेटिएको थियो । जातीय विभेद र निस्सन्तान हुनुको पीडा भोगेका बाबुराम परियार र  नारायणी कार्की १२ वर्षपछि गाउँ फर्किएपछिको कथालाई सिक्वेलमा देखाइने छ । ‘बाबुराम र नारायणी गाउँ किन फर्किए ? के भोग्लान् ? के गर्लान् ? के होला त ? यी यस्तै जिज्ञासालाई सिक्वेलले मेटाउने छ’ लेखक पौडेलले बताइसकेका छन् । 

‘प्रसाद’ सहरकै सेरोफेरोमा खिचिएको थियो । यद्यपि यसपटक गाउँमा छायांकन हुने भएपछि निर्माण टोलीसँगै बाबुराम र नारायणी अर्थात् विपिन र नम्रता पनि गाउँ पुगेका छन् । उनीहरु बागलुङ र कास्कीका गाउँ-गाउँमा पुगेर त्यहाँको रहनसहन र लवज सिक्दैछन् । आफ्नो पात्रलाई जीवन्त बनाउन बाबुराम र नारायणीकै भेषमा उनीहरु गाउँ डुलिरहेका छन् । गाउँमा रहेका बाबुराम र नारायणी हाउभाउ, भेषभूषा र बोलीचालीलाई खाँट्टी बनाउन चाहन्छन् । 

ल्वाङघलेल गाउँमा केही दिन कार्यशाला सकेर फिल्मको छायांकन गर्ने तयारी टिमको छ । सुदर्शन थापाले निर्देशन गर्ने फिल्मका प्रस्तुतकर्ता शुभाष थापा हुन् भने उनलाई निर्माणमा केशव पाण्डेले सघाउँदैछन् । फिल्मलाई तिहारमा प्रदर्शन गर्ने योजना छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ७ : ०६ बजे

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले