काठमाडौँ– फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनिन् । उनले कट्रिना कैफ, आलिया भट्ट, दीपिका पादुकोण, रश्मिका मन्दाना र पूजा हेगडेजस्ता अभिनेत्रीलाई पछि पार्दै आफूलाई लोकप्रिय अभिनेत्रीको पहिलो सूचीमा रहन सफल भइन् । हिन्दी भाषामा निर्माण भएको वेब सिरिज ‘द फ्यामिली म्यान’ को दोस्रो सिजनमा देखा परेपछि उनलाई बलिउडको धेरै अफर गयो ।
बलिउडमा फिल्ममा अभिनय गराउन अफर लिएर पुगेका आधिकांश निर्मातालाई ‘ओके’ नभनेकी सामन्थाले अब भने बलिउडमा डेब्यु गर्ने सोच बनाएकी छिन् । भारतीय सञ्चार माध्यमका अनुसार सामन्थाले आयुष्मान खुरानासँग आफ्नो पहिलो बलिउड फिल्म साइन गरेकी हुन् । स्क्रिप्ट मनपरेपछि ‘ओके’ भनेकी सामन्थाको फिल्मको छायांकन यसैवर्षको अन्त्यमा हुने जनाएको छ । यसका साथै उनले अर्को हिन्दी फिल्म समेत साइन गरेकी छिन् । दोस्रो फिल्म पौराणिक महाकाव्यमा आधारित रहेको र त्यसको सुटिङ २०२३ मा सुरु हुने उल्लेख छ । सामन्थाले केही समयअघि नागा चैतन्यसँग सम्बन्ध विच्छेद गरेकी थिइन् ।
प्रतिक्रिया