मोडल फरिताको नायिका बन्ने सपना « Khabarhub

मोडल फरिताको नायिका बन्ने सपना


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : मोडल फरिता खड्का नायिका बन्ने धुनमा छिन् । पछिल्लो समय मोडलिङमा जमेकी उनी नायिका बन्ने सपना पालेर उदयपुरबाट काठमाडौँ आएकी हुन् ।

काठमाडौँमा झण्डै दशक संघर्ष पूरा गरेपछि उनी नायिका बन्ने सपना सफल हुने मनसाय राख्छिन् । म्युजिक भिडियोबाट राम्रै नोटिस भएकी उनी फिगर मेन्टेन गर्ने सक्ने मोडल हुन् ।

प्राय व्यवसायिक बन्न रुचाउने उनको स्वभाव विवादभन्दा पर रहने बानी छ । व्यवसायिक हिसाबले आफ्नो भूमिकालाई केन्द्रविन्दुमा राखेर मोडलिङमा राम्रै नाम कमाइरहेकी उनी आफूलाई अझ तिखार्न प्रयास पनि गरिरहेकी छन् ।

नृत्यमा पोख्त रहेकी फरिताका दर्जन बढी म्युजिक भिडियो छन् । जसमा ‘सल्ला घारी, छाडी गयौ, ब्युटीफुल तिमी‘, छ माया छपक्कै लगायत चर्चित छन् । पद्मकन्या क्याम्पसमा स्नातक पढिरहेकी उनी डान्सर पनि हुन् । थुप्रै फेशन शोमा र्‍याम्प गरेकी उनी चाँडै फिल्ममा देखिने योजना रहेको बताउँछिन् ।

‘म्युजिक भिडियो गरिरहेकी छु, अभिनयका लागि चाहिने सबै कुरा सिकिरहेकी छु’ उनले ब्युटिफूल पोज दिँदै भनिन्, ‘अब चाँडै फिल्ममा देखिने योजना छ । सायद छिट्टै पूरा पनि हुन्छ होला ।’

मोडल : फरिता खड्का

फेशन डिजाइनर : कुसुम श्रेष्ठ

मेकअप : मानसी खड्गी

ड्रेस : कुसुम द बुटिक

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  १२ : ५४ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड