मोडल फरिताको नायिका बन्ने सपना « Khabarhub

मोडल फरिताको नायिका बन्ने सपना


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : मोडल फरिता खड्का नायिका बन्ने धुनमा छिन् । पछिल्लो समय मोडलिङमा जमेकी उनी नायिका बन्ने सपना पालेर उदयपुरबाट काठमाडौँ आएकी हुन् ।

काठमाडौँमा झण्डै दशक संघर्ष पूरा गरेपछि उनी नायिका बन्ने सपना सफल हुने मनसाय राख्छिन् । म्युजिक भिडियोबाट राम्रै नोटिस भएकी उनी फिगर मेन्टेन गर्ने सक्ने मोडल हुन् ।

प्राय व्यवसायिक बन्न रुचाउने उनको स्वभाव विवादभन्दा पर रहने बानी छ । व्यवसायिक हिसाबले आफ्नो भूमिकालाई केन्द्रविन्दुमा राखेर मोडलिङमा राम्रै नाम कमाइरहेकी उनी आफूलाई अझ तिखार्न प्रयास पनि गरिरहेकी छन् ।

नृत्यमा पोख्त रहेकी फरिताका दर्जन बढी म्युजिक भिडियो छन् । जसमा ‘सल्ला घारी, छाडी गयौ, ब्युटीफुल तिमी‘, छ माया छपक्कै लगायत चर्चित छन् । पद्मकन्या क्याम्पसमा स्नातक पढिरहेकी उनी डान्सर पनि हुन् । थुप्रै फेशन शोमा र्‍याम्प गरेकी उनी चाँडै फिल्ममा देखिने योजना रहेको बताउँछिन् ।

‘म्युजिक भिडियो गरिरहेकी छु, अभिनयका लागि चाहिने सबै कुरा सिकिरहेकी छु’ उनले ब्युटिफूल पोज दिँदै भनिन्, ‘अब चाँडै फिल्ममा देखिने योजना छ । सायद छिट्टै पूरा पनि हुन्छ होला ।’

मोडल : फरिता खड्का

फेशन डिजाइनर : कुसुम श्रेष्ठ

मेकअप : मानसी खड्गी

ड्रेस : कुसुम द बुटिक

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  १२ : ५४ बजे

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले

पौवादुङमाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि