साउदीमा थप ८९ नेपालीले पाए एक्जिट भिसा  « Khabarhub

साउदीमा थप ८९ नेपालीले पाए एक्जिट भिसा 



दोहा – साउदीमा अवैधानिक रुपमा बसेका थप ८९ जना नेपालीले वहिर्गमन (एक्जिट) भिसा पाएका छन् । २९ जुलाईदेखि ४ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट प्रोसेस गरिएका मध्ये ८९ जनाको भिसा प्राप्त भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

यो हप्ता रियादस्थित श्रम कार्यालयमा पेस गरिएका फाइलको क्लियरेन्स आउन ढिलो भएकोले हुरूबवाला ४१ जनाको मात्रै भिसा प्राप्त भएको जनाएको छ ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

दूतावासले प्रकाशित गरेको लिष्टमा नाम आएकाहरूले दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जान अनुरोध गरेको छ । एक्जिट भिसा लागेको ६० दिनभित्र अनिवार्य रूपमा साउदी अरब छोड्न समेत दूतावासले अनुरोध गरेको छ ।

एक्जिट भिसा प्रोसेस निःशुल्क हुनेछ । यस बापत एक हलाला पनि कहीँ कतै बुझाउनु पर्दैन । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।

दूतावासले आफैँ एक्जिट भिसा दिने होइन । दूतावासले एक्जिट भिसाको लागि प्रोसेस मात्रै गरिदिने हो । एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन (जवाजत) अफिससँग हुन्छ । दूतावासमा आएर फाराम भरेपछि एक्जिट भिसा लागि हाल्छ भन्ने कुनै ग्यारेन्टी नहुने जनाएको छ ।

त्यसैगरी, जुन ठाउँबाट आफ्नो इकाममा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयमा मात्र एक्जिट भिसाको लागि प्रोसेस गर्नुपर्ने साउदी नियम रहेको दूतावासले जनाएको छ । तसर्थ, एक्जिट भिसा प्रोसेसिङको लागि दूतावासमा आउनुभन्दा पहिले आफ्नो इकामा कहाँबाट बनेको हो अनिवार्य रूपमा यकिन गर्न पनि अनुरोध गरेको छ ।

रियादबाट इकामा बनेकाहरू मात्रै एक्जिट भिसा प्रोसेसिङको लागि दूतावासमा आउन र रियाद भन्दा बाहिरबाट इकामा बनेकाहरूले एक्जिट भिसा प्रोसेसिङका बारेमा फोनबाटै जानकारी लिन सकिने दूतावासले जनाएको छ ।

एक्जिट भिसा प्रोसेसिङका दूतावासका सम्बन्धित कर्मचारीलाई मोबाइल नं. ०५००० २१४०९ वा ०५४ ७०४ ५२७२ र नेपाली महावाणिज्यदूतावास जेद्दाका सम्बन्धित कर्मचारीलाई मोबाइल नं. ०५८२८१७१८८ मा सम्पर्क गर्न सकिनेछ ।

इकामाको म्याद सकिएको ३ महिना भन्दा बढि भएको भएमा र साउदी आएको ३ महिना भन्दा बढि समयसम्म पनि इकामा नबनाइदिएको भएमा मात्र एक्जिट भिसा लाग्छ। इकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेस दूतावासबाट गर्न नमिल्ने दूतावासले जनाएको छ।

त्यसैगरी, कुनै केस छ भने वा फाइन वा जरिवाना छ भने पनि त्यो नटुङ्गिएसम्म एक्जिट भिसा लाग्दैन ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ६ : ३५ बजे

निर्माण सामग्री अभावले धुलिखेल–खावा सडक प्रभावित (तस्बिरहरू)

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति तथा कालोपत्रे कार्य अन्तिम चरणमा

गण्डकी सरकारले राइड सेयरिङ नियमावली कार्याल्वयन गर्दै तोक्यो भाडादर  

काठमाडौं– गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने राइड सेयरिङ साधनको भाडा

सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणका लागि तेह्रथुममा बजार अनुगमन

तेह्रथुम– विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले तेह्रथुम

सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहताको आग्रह

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन

सुनको मूल्यमा एकै दिन २० हजार ५०० रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएको छ ।