सुकिलुम्बा विमानस्थलको घेराबार र टर्मीनल भवन बन्ने « Khabarhub

सुकिलुम्बा विमानस्थलको घेराबार र टर्मीनल भवन बन्ने


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको वरिपरि घेराबार निर्माण हुने भएको छ । यस्तै विमानस्थलको स्थायी टावर र यात्रु प्रतीक्षालयसहितको टर्मीनल भवन निर्माण हुने भएको छ ।

नागरिक उड्डयन प्राधिकरण एरोड्रोन इञ्जिनियरिङ विभागका निर्देशक मुरारी भण्डारीले घेराबार, स्थायी टावर र यात्रु प्रतीक्षालय निर्माण गर्न सरकारले बजेट उपलब्ध गराएको जानकारी दिए । ‘विमानस्थल उद्घाटन त गरियो तर सुरक्षाको लागि केही पनि नभएकाले यो वर्ष घेराबार गर्ने तयारी छ’, निर्देशक भण्डारीले भने । बजेट पास भएर आएकाले अब दसैँ तिहारपछि काम अगाडि बढ्ने गरी योजना तयार हुँदै गरेको पनि उनले बताए।

प्राधिकरणले समेत लगानी गर्ने गरी बजेट व्यवस्था गरेपछि बहुवर्षे ठेक्कामा भवन र टावर निर्माण गर्ने साथै घेराबारा गर्ने तयारी छ । यो वर्ष घेराबाराका लागि रु एक करोड र भवनसहित टावर निर्माणमा रु दुई करोड बजेट विनियोजन भएको भण्डारीले जानकारी दिए ।

विमानस्थलको धावनमार्ग दायाँबायाँको कच्ची भागलाई मर्मतसम्भार गरी नालीसमेत सरसफाइ गरिने विमानस्थल आयोजना प्रमुख विनायक भट्टराईले बताए । ओटासीलको केही भाग चर्किएको र त्यहाँसमेत प्राविधिक परीक्षण गर्दा ठूलो समस्या नदेखिएको निर्देशक भण्डारीको भनाइ छ । हाल सो विमानस्थलको धावन मार्ग चर्किएको छ । भर्नुपर्ने माटो भएकाले केही चर्किएको बताइएको छ । यहाँ ‘अटोमेटिक शिल’ गरेपछि पुनः माटो बस्ने उनले बताए ।

विसं २०५८ मा सर्वे सुरु भई सुकिलुम्बा विमानस्थलमा २०६८ चैतदेखि निर्माण सुरु भएको थियो । धावनमार्ग विस्तार भएपछि तारा एयरले पहिलोपटक प्राविधिक उडान गरेको थियो । रु आठ करोड ४० लाख लागतमा गत वर्ष नै धावनमार्ग र पार्किङस्थलमा कालोपत्र भएपछि नेपाल वायुसेवा निमगले पहिलो परीक्षण उडान सम्पन्न गरेको थियो ।

विमानस्थलमा हप्तामा एक पटक उडान गर्ने तारा एयर र इलाम नगरपालिकाको योजनाअनुसार केही समय उडान भएको थियो । उडानका लागि सम्झौताअनुरुप यात्रुबापतको रु ११ लाख बढी रकम नगरले तारा एयरलाई भुक्तानी गरेको थियो ।

नेपालमा साना विमानस्थलको निर्माण र स्तरोन्नति भए पनि साना विमानको अभावमा नियमित उडान हुन सकेको छैन । साना जहाजको सञ्चालन खर्च बढी हुने भएकाले पनि लगानीकर्ताले यसतर्फ चासो नराखेको बताइएको थियो । साना विमानस्थललाई हुने जहाज आए राम्रो हुने निर्देशक भण्डारीको भनाइ छ । इलाममा निर्मित विमानस्थलबाट नियमित उडान गराउन पहल भइरहेको इलाम नगरपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ७ : ४९ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान