फुलह्यामसँग बराबरीमा रोकियो लिभरपुल « Khabarhub

फुलह्यामसँग बराबरीमा रोकियो लिभरपुल


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग २०२२/०२३ सिजनको पहिलो खेलमा उपाधि दाबेदार लिभरपुल फुलह्यामसँग रोकिएको छ ।

शनिबार साँझ भएको खेलमा भ्रमणकारी टोली लिभरपुल फुलह्यामसँग २–२ गोलको बराबरीमा रोकियो ।

खेलमा दुई पटक अग्रता बनाएर पनि घरेलु टोली फुलह्यामले अंक बाढ्न बाध्य भयो । लिभरपुलले खेलमा पकड बनाए पनि फुलह्यामले घरेलु दर्शकमाझ काउन्टरमा बलियो दाबेदारी प्रस्तुत गर्‍यो ।

फुलह्याको लागि दुवै गोल एलेक्सान्डर मिट्रोभिकले गरे । उनले ३२ र ७२ मिनेटमा गोल गरे । यता, लिभरपुलका लागि डार्विन नुनेज र मोहम्मद सलाहले एक एक गोल गरे ।

यसै सिजन लिभरपुल अनुबन्ध भएका नुनेजले ६४औं मिनेटमा एक गोल गरे भने ८०औं मिनेटमा सलाहको गोलमा एक अशिष्ट प्रदान गरे ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ७ : ३४ बजे

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८

प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीद्वारा काठमाडौंबाट उम्मेदवार सिफारिस

काठमाडौँ– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौँ