धादिङमा हेमो डायलायसिस सेवा सुरु « Khabarhub

धादिङमा हेमो डायलायसिस सेवा सुरु


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङ अस्पतालले आजदेखि होम डायलायसिस सेवा सुरु गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले धादिङ अस्पतालमा निर्माण गरिएको हेमो डायलायसिस सेवा सुरु गर्दै प्रदेश सरकारले यस सेवालाई निरन्तरता दिन सहयोग गर्ने बताए ।

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोगमा हेमो डायलायसिसकक्ष र सघन उपचारकक्षको निर्माण सम्पन्न गरेपछि सेवा सञ्चालनमा ल्याएको धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मधुकर दहालले बताए ।

एकै पटकमा चार जनाको डायलायसिस गर्न सकिने भौतिक संरचना बनाएको छ । सघन उपचारकक्ष पनि साथमै तयार गरिएको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत धादिङ, नुवाकोट, सिन्धुलीमा समेत डायलायसिस सेवा सञ्चालन गर्ने गरी काम भएको छ ।

जिल्लामै डायलायसिस सेवा सञ्चालन भएपछि नियमित डायलायसिस गराइरहेका दुई सय जनाले जिल्लामै सेवा पाउने भएका छन् । धादिङमा सञ्चालनमा आएको डायलायसिस सेवा नियमित सञ्चालन गर्न कर्मचारी अभाव भए पनि हप्तामा एक दिन सञ्चालन गरिने मेडिकल सुपरिटेण्डेन्ट डा दाहालले बताए ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा, पूर्वस्वास्थ्यमन्त्री एवं प्रदेशसभा सदस्य डा रामकुमार अधिकारीलगायतले सम्बोधन गर्दै धादिङ अस्पतालको गुणस्तर बढ्दै गएकामा प्रशंसा गरे । पच्चीस शय्याको उक्त अस्पताल हालै ७५ शय्यामा स्तरोन्नति भई सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ८ : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै