आज २०७९ साल भदौ २१ गते मंगलबारको राशिफल « Khabarhub

आज २०७९ साल भदौ २१ गते मंगलबारको राशिफल


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०७९ साल भदौ २१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : जग्गाको कारोबार र व्यवसायमा गरेको लगानीबाट फाइदा मिल्नेछ। राजनीति, आर्थिक र सामाजिक क्षेत्र यथास्थितिमा छ। प्रेममा धोका हुनेछ।

वृष : बोलीका कारण इष्टमित्र टाढा हुने भएकाले बोल्दा विचार पुर्याउनुहोला। सम्मान पाइनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीले उत्तम नतिजा दिनेछ।

मिथुन : धन लाभ हुनेछ। प्रधिस्पर्धी निस्तेज हुनेछन्। व्यापार व्यवसायमा फाइदा हुनेछ। आज दक्षिणतिरको यात्रा नगर्नुहोला। शिक्षाको क्षेत्रमा भने राम्रो छ।

कर्कट : बोलीको प्रभाव बढ्नेछ। प्रशंसा गर्नेहरु बढ्नेछन्। प्रेममा सफलता मिल्नेछ। कुरा काट्नेहरु बढ्ने भएकाले सचेत हुनुपर्नेछ।

सिंह : दिन सामान्य छ। शत्रु नाश हुनेछ। राजनीतिमा असहयोग हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए नजिता राम्रो मिल्नेछ।

कन्या : आम्दानी बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। पठनपाठनमा रुची बढ्नेछ। अन्य क्षेत्र भने सामान्य रहेको छ।

तुला : आम्दानीसँगै खर्च पनि बढ्नेछ। परिवारबाट सहयोग मिल्नेछ। अन्य क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट नतिजा पाइनेछ।

वृश्चिक : पारिवारिक सहयोग मिल्नेछ। बोल्दा विचार गर्नुहोला। निर्णय गर्ने अधिकार प्रत्यायोजन गर्नुहोला। राजनीति, सामाजिक, वैदेशिक क्षेत्रमा सामान्य राम्रो छ।

धनु : दिन सामान्य छ। प्रभाव बढ्नेछ। अरुको भर नपर्नुहोला। धार्मिक क्षेत्रमा मन जानेछ। भगवान गणेशको स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ। प्रेममा भने धोका मिल्नेछ।

मकर : काममा सफलता मिल्नेछ। नयाँ योजनामा हात हाल्दा फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। शत्रु बढ्नेछन्

कुम्भ : दिन सामान्य छ। कर्मभूमिमा डटेर अघि बढ्नुपर्नेछ। नराजनीति, सामाजिक, वैदेशिक, आर्थिक क्षेत्रहरु यथास्थितिमा छ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

मीन : आज थालेका कामबाट सफलता मिल्नेछ। स्वास्थ्यमा रहेको समस्या हट्नेछ। पठनपाठनमा जोश बढ्नेछ। आफन्तबाट भने जोगिनुपर्नेछ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ५ : ३१ बजे

रास्वपाको प्रशिक्षण सूचीमा किन अटाएनन् वरिष्ठ नेता ‘बालेन’ ?

काठमाडौँ– फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल

समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका

हुरीबतासले रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर– उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श