जलवायु परिवर्तनविरुद्धको पहिलो सम्मेलन सुरु « Khabarhub

क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क

जलवायु परिवर्तनविरुद्धको पहिलो सम्मेलन सुरु

नेपालसहित भारत, बंगलादेश, श्रीलंका र भुटानका १२० जना सरोकारवाला सहभागी


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : विश्वव्यापी समस्याका रुपमा बढ्दै गएको जलवायु परिवर्तनका विषयमा दक्षिण एसियाको पहिलो सम्मेलन काठमाडौँमा सुरु भएको छ । बढ्दो तापक्रमले नेपालसहित दक्षिण एसियाका विभिन्न क्षेत्रमा परेको असर न्युनिकरण गर्ने विषयमा सम्बन्धित सरोकारवाला र यस क्षेत्रमा काम गर्ने अभियान्ता तथा नेतृत्वहरुको पहिलो सम्मेलन काठमाडौँमा मंगलबारदेखि सुरु भएको हो ।

होटल र्‍याडिसनमा आयोजना गरिएको कार्यक्रम मंगलबार र बुधबार चल्नेछ । कार्यक्रमको प्रमुख अतिथी वनमन्त्री प्रदीप यादव छन् ।जलवायु परिवर्तनको समस्यालाई न्युनिकरण गर्न अमेरिकी सरकारको सहयोगमा ‘क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क’ परियोजनाको पहिलो सम्मेलन काठमाडौँमा आयोजना गरिएको आयोजक आइएसएसआरका निर्देशक तथा पेभेलियन मिडियाका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेपालसहित दक्षिण एसियाका भारत, भुटान, बंगलादेश र श्रीलंकामा पनि सञ्चालित यो परियोजनाका मुख्य नेतृत्व, अभियान्ता र सरोकारवाला गरेर १२० जना होटल र्‍याडिसनमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा दक्षिण एसियाका नेपालसहित भारत, भुटान, बंगलादेश र श्रीलंकाका २०/२० जना गरि १०० जना युवा नेतृत्व छन् । यस्तै कार्यक्रम आयोजक, प्रायोजकसहित आयोजक संस्थाका २० जना गरि जम्मा १२० जना कार्यक्रममा सहभागी भएका हुन् ।

नेपालमा इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) संस्थाले यो परियोजना नेपालमा पनि ल्याएको हो । दक्षिण एसियामा भारतको अब्जरर्भर रिसर्च फाउण्डेसन (ओआरएफ) संस्थाले अमेरिकी सहयोगमा यो परियोजना सञ्चालन गरेको हो ।

दक्षिण एसियाका पाँच देशमा सञ्चालित यो परियोजनाले पाँचै देशका सरकार प्रमुख, राष्ट्रप्रमुख, राजनीतिक दलका नेता तथा सरोकारवालालाई जलवायु परिवर्तनमा गम्भीर हुन आग्रह गर्दै विश्वव्यापी रुपमा कार्बन उत्सर्जनलाई घटाएर जलवायु परिवर्तनको असर कम गर्ने मुख्य उद्धेश्य राखेको छ ।

नेपालमा यो परियोजनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न आइएसएसआरले २० जना विषयविज्ञसहितको टिम निर्माण गरेको छ । विषयविज्ञसहित नेपाली २० जना युवाले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न विश्वभर विभिन्न कार्यक्रम र अभियान चलाउनेछन् ।

यसका लागि आवश्यक योजना बनाउने र त्यसको कार्यक्रम अगाडि बढाउने विषयमा आइएसएसआरले काम गर्दै आएको छ । दक्षिण एसियाका पाँच वटै देशमा यस किसीमको नेटवर्क बनाएर जलवायु परिवर्तनको असरलाई घटाउने काम अघि बढेका छन् । काठमाडौँमा आयोजित दुई दिने पहिलो सम्मेलनले आगामी योजना र रणनीति पनि तय गर्नेछ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ११ : १२ बजे

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौं– यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि