मंसिर चारपछि संसद् रहँदैन, दुबिधा छैन : प्रचण्ड  « Khabarhub

मंसिर चारपछि संसद् रहँदैन, दुबिधा छैन : प्रचण्ड 


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मनोनयन दर्तापछि संसद्को आयु सकिने बताएका छन् । मंगलबार धनगढी आएका उनले यस्तो बताएका हुन् ।

‘संसद्को आयु लम्ब्याउनु हुँदैन, मनोनयनपछि संसद् रहँदैन’, उनले भने, ‘एक दिन पनि लम्ब्याउनु हुँदैन । मंसिर ४ गते चुनाव हुन्छ । मंसिर चारपछि संसद् रहँदैन, दुबिधा छैन ।’

उनले प्राविधिक कारणले प्रमुख सचेतकहरूले संसद्काे आयु लम्ब्याउने साेचेपनि त्यो नहुने उनले बताए । ‘उहाँहरूले त्यो सोच्नु भए पनि पछि गठबन्धनका शीर्ष नेतृत्वहरू बसेर यसरी सोच्नु हुँदैन, कहीँ ईफ-बट केही हुँदैन भनेर सल्लाह भइसकेको छ ।’ उनले भनेका छन् ।

सरकारले संसद्को आयु बढाउन फास्टट्रयाकबाट विधेयक ल्याउन थालेपछि चौतर्फी विरोध भएको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले संसद्को गरिमा नरहने भन्दै राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  १२ : १९ बजे

बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बाँके – बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक

आज २०८२ साल फागुन २३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २३ गते शनिबार चैत

धनुषा–३ मा रास्वपाका झा विजयी

जनकपुर- धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष

कास्की-२ मा रास्वपाका पौडेल विजयी

गण्डकी- प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय

रास्वपाको आँधीले उडायो संसद्‍मा दोहोरिने प्रदीपको सपना

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर–५ मा नेपाली कांग्रेसका उम्मेदवार, कांग्रेस महामन्त्री