अन्तिम मत परिणाम आएपछि नयाँ संसद्को समय सुरु होस् : गगन थापा | Khabarhub Khabarhub

अन्तिम मत परिणाम आएपछि नयाँ संसद्को समय सुरु होस् : गगन थापा


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद गगन थापाले संसद् खाली भएको समयमा राजनीतिक दुर्घटना भए के गर्ने भन्ने विषय ऐन र कानुनमा नभएको भन्दै सबै दलले यसप्रति सोच्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९’ माथि छलफलमा भाग लिँदै उनले प्रतिनिधिसभाको कार्यकालका विषयमा संविधानमै फर्केर निर्णय लिनुपर्ने उल्लेख गरे ।

‘देशमा राजनीति शान्त भएको समयमा यो विधेयक ल्याएको भए ठिक हुन्थ्यो । समयमै त्यो काम गर्नबाट चुक्यौँ । स्थानीय निर्वाचनअघि स्थानीय सरकार, प्रदेश र संघीय संसद्को कार्यकालबारे निर्णय गरेको भए हुन्थ्यो । तर हामीले गरेनौँ । हामी यसमा चुक्यौँ,’ उनले भने, ‘एउटा संसदबाट अर्को संसदमा जाँदा दुर्घटनाको अवस्था आउन सक्छ । संसद् खाली रहेको बेला दुर्घटना भयो भने के हुन्छ ? यसबारे पनि सबै एक ठाउँमा आउनुपर्छ ।’

सांसद थापाले एक दुई महिनाका लागि सेवा सुविधा र पारिश्रमिक लिनका लागि अहिलेका सांसदहरूले मरिहत्ते गरेका हुन् भन्ने बुझाइ रहेको भन्दै संसद्को प्रतिष्ठाका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताए । उनले अन्तिम मत परिणाम आएपछि पुरानो संसद् विघटन र नयाँ संसद्को सुरु होस् भनी आफूले संशोधन हालेको जानकारी दिए ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ३ : ०२ बजे

राष्ट्र बैंकको गभर्नर ‘काङ्ग्रेसले पाउन’ मिल्छ ?

काठमाडौं – केन्द्रीय बैंकमा गभर्नर नियुक्तिमा दलीय रस्साकस्सी चलिरहँदा नेपाली

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि कुँवर र बुढालाई

जुम्ला– जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवरले जितेका छन् ।

प्रदेश र स्थानीय तहको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गर्छौंः मुख्यमन्त्री पाण्डे

ढोरपाटन– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश र स्थानीय सरकारको

म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा

म्याग्दी (बेनी)– म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा भएको

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ता गर्न ‘तयार’ : जेलेन्स्की

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले सोमबारदेखि ३० दिने युद्धविराम