अवैध लागू औषध खैरो हेरोइनसहित ८ जना पक्राउ « Khabarhub

अवैध लागू औषध खैरो हेरोइनसहित ८ जना पक्राउ


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले अवैध लागू औषध खैरो हेरोइनसहित ८ जनालाई पक्राउ गरेको छ ।

ब्युरोले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ४० दशमलव ५ ग्राम खैरो हेरोइनसहित ३ जना र २ सय ४७ ग्राम खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरिएको जनाएको हो ।

पक्राउ पर्नेमा ललितपुर भैसिपाटी बस्ने प्रताप कार्की, फिदिम घर भएका भुवन विक र सोहि स्थान बस्ने देङ्ग हाङ्ग नेम्वाङ रहेका छन् । त्यस्तै काठमाडौँको माकलबारीबाट उत्सव घिमिरे, दोर्ची शेर्पालाइ लागू औषध खैरो हेरोइनसहित पक्राउ गरिएको र थप अनुसन्धान गर्दा फुर्लामी शेर्पालाई सुकेधाराबाट पक्राउ गरिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए।

उनीहरुलाई लागू औषध बिक्री गर्ने झापाका अप्सरा राजवंशी र उनलाई पनि सप्लाई गर्ने  नौसाद आलमलाई पनि झापा मेचिनगरबाट डिजिटल तराजुका साथै नगद रु १० लाख ४० हजार सहित पक्राउ गरिएको खनालले बताए। त्यस्तै ब्युरोले अवैध लागू औषध २ सय ५२ एम्पुलसहित चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको उनले जानकारी दिए।

ब्युरोले काठमाडौँका विभिन्न स्थानबाट दुई केजी गाँजा सहित ३ जनालाई पक्राउ गरिएको जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ३ : ५३ बजे

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा