अवैध लागू औषध खैरो हेरोइनसहित ८ जना पक्राउ « Khabarhub

अवैध लागू औषध खैरो हेरोइनसहित ८ जना पक्राउ


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले अवैध लागू औषध खैरो हेरोइनसहित ८ जनालाई पक्राउ गरेको छ ।

ब्युरोले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ४० दशमलव ५ ग्राम खैरो हेरोइनसहित ३ जना र २ सय ४७ ग्राम खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरिएको जनाएको हो ।

पक्राउ पर्नेमा ललितपुर भैसिपाटी बस्ने प्रताप कार्की, फिदिम घर भएका भुवन विक र सोहि स्थान बस्ने देङ्ग हाङ्ग नेम्वाङ रहेका छन् । त्यस्तै काठमाडौँको माकलबारीबाट उत्सव घिमिरे, दोर्ची शेर्पालाइ लागू औषध खैरो हेरोइनसहित पक्राउ गरिएको र थप अनुसन्धान गर्दा फुर्लामी शेर्पालाई सुकेधाराबाट पक्राउ गरिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए।

उनीहरुलाई लागू औषध बिक्री गर्ने झापाका अप्सरा राजवंशी र उनलाई पनि सप्लाई गर्ने  नौसाद आलमलाई पनि झापा मेचिनगरबाट डिजिटल तराजुका साथै नगद रु १० लाख ४० हजार सहित पक्राउ गरिएको खनालले बताए। त्यस्तै ब्युरोले अवैध लागू औषध २ सय ५२ एम्पुलसहित चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको उनले जानकारी दिए।

ब्युरोले काठमाडौँका विभिन्न स्थानबाट दुई केजी गाँजा सहित ३ जनालाई पक्राउ गरिएको जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ३ : ५३ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको