बुर्किना फासोमा बम विस्फोट हुँदा ३५ जनाको मृत्यु « Khabarhub

बुर्किना फासोमा बम विस्फोट हुँदा ३५ जनाको मृत्यु


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक बुर्किना फासोमा बम विस्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ । गुडिरहेको गाडीले घरेलु शैलीमा निर्माण गरिएको विस्फोटक पदार्थ (इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस –आईईडी) लाई ठक्कर दिँदा विस्फोट भएको हो ।

विस्फोटमा अरु ३७ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । राजधानी वागाडुगु तर्फ जाँदै गरेको गाडीले मुलुकको उत्तरमा रहेकाहरु शहर जिबो र बोरजाङ्गा बीचको सडकमा विस्फोटक पदार्थ सित ठोकिदा उक्त दुर्घटना भएको साहेल क्षेत्रका गभर्नर रोडोल्फे सोर्गोले बताएका छन् ।

‘नागरिकहरू बोकेको एउटा गाडीले विस्फोटक यन्त्रमा ठोक्किएपछि विस्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्,’ बुर्किनाबे अधिकारीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

बुर्किना फासोमा सन् २०१५ देखि असुरक्षा बढ्दै गएको छ जसका कारणयहाँ हजारौँको मृत्यु भएको छ र अन्य १९ लाखभन्दा बढी विस्थापित भएका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ७ : ०३ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला