कागेश्वरी मनोहरामा ज्येष्ठ नागरिकलाई घरमै निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था « Khabarhub

कागेश्वरी मनोहरामा ज्येष्ठ नागरिकलाई घरमै निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्रका ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ । नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले कार्यभार सम्हालेको एक सय दिनको अवसरमा आज पत्रकार सम्मेलन गर्दै ज्येष्ठ नागरिकलाई घरघरमा निःशुल्क स्वास्थ्य परीक्षणदेखि चाडपर्व मनाउने खर्चसमेत वितरण गर्न लागिएको जानकारी दिए ।

“ज्येष्ठ नागरिकलाई वर्षको एकपटक विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्ने र आगामी दशैँ अगाडि ज्येष्ठ नागरिक चाडबाड खर्चबापत रु एक हजार उपलब्ध गराउने निर्णय गरेका छौँ”, कार्कीले भने ।

उनले मेयरसँग ज्येष्ठ नागरिक घरदैलो निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रमअन्तर्गत सबै वडाका ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँचका लागि वडा नम्बर–९ बाट सुरु गरिएको जानकारी दिए । ज्येष्ठ नागरिकलाई खाजा, ज्येष्ठ नागरिक भवन तथा ज्येष्ठ नागरिक पार्कका लागि पनि गृहकार्य सुरु गरिएको उनको भनाइ छ ।

नगरपालिकाले किसान कार्डको व्यवस्था गर्दै वर्ष र बाढीबाट क्षति बेहोरेका किसानलाई क्षतिपूर्ति र अर्गानिक कृषि व्यवसाय प्रवद्र्धनका लागि अनुदानको व्यवस्था गर्ने घोषणा गरेको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मेडिकल अधिकृत थपेको सो नगरपालिकाले १५ शय्याको नगर अस्पतालका लागि सङ्घीय सरकारबाट रु २० करोड रकम लिएर काम अघि बढाएको नगरप्रमुख कार्कीले बताए ।

यस्तै, शिक्षातर्फ सुधारका लागि नगरशिक्षा ऐन संशोधन गरेको छ भने एक शिक्षक एक ल्यापटप अभियान सञ्चालन गरेको छ । ल्यापटप अभियानअन्तर्गत दुई सय नौ शिक्षकलाई ल्यापटप वितरण गरिएको नगरप्रमुख कार्कीको भनाइ छ ।

“सामुदायिक विद्यालयको दरबन्दी अभावको समस्या समाधानका लागि नगरपालिकाले आन्तरिक स्रोतबाटै उच्च माविमा आइसिटी र खेलकुदलगायत शिक्षक व्यवस्था गरेको छ”, उनले भने । विधायनको दर्ता र नवीकरण बापतको शुल्कमा २५ प्रतिशत घटाएको नगरप्रमुख कार्कीको भनाइ छ ।

सामुदायिक विद्यालयमा इसिडी कक्षा सञ्चालनका लागि नगरपालिकाले प्रधानाध्यापकलाई प्रोत्साहन भत्ता, विद्यालय कर्मचारीलाई थप पारिश्रमिक र शिक्षकलाई दिवा खाजाको व्यवस्था गरेको जनाएको छ ।

यस्तै, नगरपालिकाले नगरभित्रको फोहोरको परिमाण घटाउन स्रोतमै फोहोरको वर्गीकरण गरी छुट्टाउने नीति लिँदै नगरभित्रै फोहोर व्यवस्थापनको तयारी गरेको हो । कागेश्वरी मनोहरालाई खेलकुद नगरी बनाउनका लागि नगरपालिकाले खेल क्षेत्रलाई उच्च प्राथमिकता राखेर बजेट विनियोजन गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ७ : १४ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल