भारत र बङ्गलादेशबीच सात सम्झौतामा हस्ताक्षर « Khabarhub

भारत र बङ्गलादेशबीच सात सम्झौतामा हस्ताक्षर


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत र बङ्गलादेशले मङ्गलबार जलस्रोत, रेलवे, अन्तरिक्ष प्रविधि, न्यायपालिका, वैज्ञानिक र प्राविधिक सहयोग र टिभी प्रसारणलगायत विभिन्न क्षेत्रका सात सम्झौतामा हस्ताक्षर गरेका छन् ।

भारतको चारदिने राजकीय भ्रमणमा रहेकी बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा राजधानी नयाँ दिल्लीमा ती सम्झौतामा हस्ताक्षर भएको हो ।

दुई प्रधानमन्त्रीले पावर प्लान्ट, एक रेलवे पुल र थुप्रै रेल लाइन परियोजनाहरू सहित विभिन्न परियोजनाहरूको संयुक्त रूपमा उद्घाटन पनि गरेका छन् ।

भारतीय विदेश सचिव विनय क्वात्राले पत्रकारहरूलाई प्रधानमन्त्रीद्वय मोदी र हसिनाले जल, व्यापार, आर्थिक सम्बन्ध र क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा द्विपक्षीय विषयमा छलफल गरेको बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ७ : ५० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्