प्रदेश र राष्ट्रिय प्रतियोगीताका विजेता खेलाडीलाई पुरस्कार दिने घोषणा « Khabarhub

प्रदेश र राष्ट्रिय प्रतियोगीताका विजेता खेलाडीलाई पुरस्कार दिने घोषणा


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङका सितोरियो कराँतेका प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री बिचारी तामाङले नवौं राष्ट्रिय प्रतियोगिताको प्रदेश र राष्ट्रिय प्रतियोगीताका विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका छन् ।

मंगलबार जिल्ला खेलकुद विकास समिति खोटाङको दिक्तेल माटिकोरेस्थित कबर्डहलमा पत्रकार भेटघाट कार्यक्रम गर्दै सितोरियो कराँतेका प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री तामाङले नवौं राष्ट्रिय प्रतियोगिताको प्रदेश र राष्ट्रिय प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने सितोरियो कराँतेका खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।

कराँते प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री तामाङले सितोरियो कराँतेतर्फको प्रदेश स्तरीय प्रतिस्पर्धामा प्रथम प्रथम स्थान प्राप्त गर्ने खेलाडीलाई जनही ५ हजार, दोस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई ३ हजार र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई २ हजार नगद पुरस्कार दिने घोषणा गरेका छन् ।

यस्तै, राष्ट्रिय प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने सितोरियो कराँतेका खेलाडीलाई जनही २५ हजार ५५५, दोस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई १५ हजार ५५५ र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई ११ हजार १११ प्रदान गर्ने घोषणा गरेका छन् । सितोरियो कराँते खेलाडीको मनोबल बढाउन र खेलक्षेत्रको प्रवर्द्धनका लागि विजेतालाई व्यक्तिगत रूपमा पुरस्कार दिने घोषणा गरेको तामाङले बताए ।

नवौं राष्ट्रिय प्रतियोगीताका लागि प्रदेश स्तरीय प्रतियोगितामा सितोरियो कराँतेतर्फ जिल्लाका २९ खेलाडी प्रतिस्पर्धा गर्दैछन् । प्रदेश स्तरीय प्रतियोगिता आगामी भदौ २४ गतेदेखि असोज ८ गतेसम्म पूर्वका विभिन्न जिल्लामा सञ्चालन हुँदैछन् । सितोरियो कराँते प्रतिस्पर्धा भदौ ३० गतेदेखि असोज २ गतेसम्म धरानमा सञ्चालन गर्ने तयारी छ । राष्ट्रिय खेलकुद प्रतियोगिता भने पोखरामा आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने छन् ।

एसियन कराँते महासंघले सन् २०१६ मा भारतको नयाँदिल्लीमा सञ्चालन गरेको अन्तर्राष्ट्रिय रेफ्री परीक्षामा तामाङले अन्तर्राष्ट्रिय रेफ्री परीक्षा उत्तीर्ण गरेका थिए । तामाङ जिल्ला खेलकुद विकास समिति खोटाङको कराँतेतर्फका प्राविधिक इन्चार्ज पनि हुन् । स्वयंसेवक प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका तामाङले २०५२ साल भदौमा राष्ट्रिय खेलकुद परिषदबाट स्थायी प्रशिक्षकको नियुक्ति पाएका थिए । प्रशिक्षकको २० वर्षे र २५ वर्षे सेवा पुरा गरेकामा तामाङले दीर्घसेवा पदक प्राप्त गरिसकेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ८ : ४३ बजे

ओली झापामा उत्रिँदा चुच्चे नक्सासहित कार्यकर्ताहरूले गरे स्वागत

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार काठमाडौंबाट झापा

वैवाहिक हल्लाबारे अन्ततः गोविन्दाले तोडे मौन

काठमाडौँ – बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको

ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकी नियन्त्रणको विरोध गरेकामा

फेसबुकबाट कांग्रेसको झण्डा हटाउन नभ्याएका अबुललाई ओलीले दिए टिकट, जिल्लिए एकल सिफारिस भएका जगदीश

काठमाडौं- नेपाली कांग्रेसको देउवा समूहमा रहेका केन्द्रीय सदस्य डा. अबुल

उम्मेदवारी दर्ताका लागि झापा पुगे ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आइपुगेका