उम्मेदवारी दर्ताका लागि झापा पुगे ओली « Khabarhub

उम्मेदवारी दर्ताका लागि झापा पुगे ओली


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आइपुगेका छन्। प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ताका लागि उनी आज झापा पुगेका हुन्।

 ओली भद्रपुर विमानस्थल हुँदै झापा आएका हुन्। आगमनका क्रममा पार्टी नेता तथा कार्यकर्ताले उनको स्वागत गरे।

एमाले झापा अध्यक्ष प्रेम गिरीका अनुसार ओलीले जिल्लामा रहँदा विभिन्न व्यक्तित्व तथा पार्टीका नेता कार्यकर्तासँग छलफल गर्ने कार्यक्रम छ। उनी झापा क्षेत्र नम्बर ५ बाट पुनः उम्मेदवारी दिने तयारीमा छन्।

यस निर्वाचन क्षेत्रमा यसपटक राष्ट्र स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ओलीलाई चुनौती दिने भएका छन्। शाह पनि आजै झापा आउने कार्यक्रम रहेको बताइएको छ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १२ : ५४ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष