प्रदेश र राष्ट्रिय प्रतियोगीताका विजेता खेलाडीलाई पुरस्कार दिने घोषणा « Khabarhub

प्रदेश र राष्ट्रिय प्रतियोगीताका विजेता खेलाडीलाई पुरस्कार दिने घोषणा


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङका सितोरियो कराँतेका प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री बिचारी तामाङले नवौं राष्ट्रिय प्रतियोगिताको प्रदेश र राष्ट्रिय प्रतियोगीताका विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका छन् ।

मंगलबार जिल्ला खेलकुद विकास समिति खोटाङको दिक्तेल माटिकोरेस्थित कबर्डहलमा पत्रकार भेटघाट कार्यक्रम गर्दै सितोरियो कराँतेका प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री तामाङले नवौं राष्ट्रिय प्रतियोगिताको प्रदेश र राष्ट्रिय प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने सितोरियो कराँतेका खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।

कराँते प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री तामाङले सितोरियो कराँतेतर्फको प्रदेश स्तरीय प्रतिस्पर्धामा प्रथम प्रथम स्थान प्राप्त गर्ने खेलाडीलाई जनही ५ हजार, दोस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई ३ हजार र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई २ हजार नगद पुरस्कार दिने घोषणा गरेका छन् ।

यस्तै, राष्ट्रिय प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने सितोरियो कराँतेका खेलाडीलाई जनही २५ हजार ५५५, दोस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई १५ हजार ५५५ र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई ११ हजार १११ प्रदान गर्ने घोषणा गरेका छन् । सितोरियो कराँते खेलाडीको मनोबल बढाउन र खेलक्षेत्रको प्रवर्द्धनका लागि विजेतालाई व्यक्तिगत रूपमा पुरस्कार दिने घोषणा गरेको तामाङले बताए ।

नवौं राष्ट्रिय प्रतियोगीताका लागि प्रदेश स्तरीय प्रतियोगितामा सितोरियो कराँतेतर्फ जिल्लाका २९ खेलाडी प्रतिस्पर्धा गर्दैछन् । प्रदेश स्तरीय प्रतियोगिता आगामी भदौ २४ गतेदेखि असोज ८ गतेसम्म पूर्वका विभिन्न जिल्लामा सञ्चालन हुँदैछन् । सितोरियो कराँते प्रतिस्पर्धा भदौ ३० गतेदेखि असोज २ गतेसम्म धरानमा सञ्चालन गर्ने तयारी छ । राष्ट्रिय खेलकुद प्रतियोगिता भने पोखरामा आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने छन् ।

एसियन कराँते महासंघले सन् २०१६ मा भारतको नयाँदिल्लीमा सञ्चालन गरेको अन्तर्राष्ट्रिय रेफ्री परीक्षामा तामाङले अन्तर्राष्ट्रिय रेफ्री परीक्षा उत्तीर्ण गरेका थिए । तामाङ जिल्ला खेलकुद विकास समिति खोटाङको कराँतेतर्फका प्राविधिक इन्चार्ज पनि हुन् । स्वयंसेवक प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका तामाङले २०५२ साल भदौमा राष्ट्रिय खेलकुद परिषदबाट स्थायी प्रशिक्षकको नियुक्ति पाएका थिए । प्रशिक्षकको २० वर्षे र २५ वर्षे सेवा पुरा गरेकामा तामाङले दीर्घसेवा पदक प्राप्त गरिसकेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ८ : ४३ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय