फाइल तस्वीर

देश/प्रदेश

सिफारिस भएका उम्मेदवारकाे विवरण पठाउन एमालेको निर्देशन

By खबरहब

September 06, 2022

काठमाडौँ – एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन आग्रह गरेको छ ।

एमालेको केन्द्रीय कमिटीको चौथो बैठकको निर्णय अनुसार प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नाम सिफारिस गर्ने काम धमाधम भइरहेको एमालेले जनाएको छ ।

उम्मेदवारका रूपमा नाम सिफारिस भएका व्यक्तिहरूको नाम पार्टी केन्द्रीय कार्यालयमा पठाउँदा निर्वाचन आयोगको अनुसूची १४ र १७ बमोजिमको मञ्जुरीनामामा हस्ताक्षर गर्नुपर्ने भएकाले सम्बन्धित कमिटीले उक्त अनुसूचीका साथै सबै विवरण अनिवार्यरूपमा संलग्न गरी पठाउन पार्टीको केन्द्रीय कार्यालयले आग्रह गरेको हो ।

एमालेले नाम सिफारिससँगै नेपाली नागरिकताको प्रमाणपत्र, सम्पत्ति विवरण फाराम सिलबन्दी गरी पेस गर्न र मतदाता नामावलीमा नाम भएको विवरण पनि पठाउन भनेको छ । जसमा मतदाता क्रम संख्या, वडा नम्बर, गाउँ/नगरपालिका, प्रदेश र जिल्ला उल्लेख गर्न पनि स्पष्ट पारेको छ ।